आजको मौसम : केही स्थानहरुमा वर्षाको



बैशाख २३, काठमाडौं । आज दिउँसो देशको पश्चिमी भू-भागमा पूर्ण बदली र बांकि भु-भागमा सामान्य बदली रहनेछ।देशको पश्चिमी भू-भागका धरै स्थानहरूमा साथै मध्य तथा पुर्वका केही स्थानहरुमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ। यस्तै राती देशभर सामान्य बदली रही मध्य तथा पूर्वी भू-भागका केही स्थानहरुमा र पश्चिमी भू-भागका थोरै स्थानहरुमा मेघगर्जनरचट्याङ्ग र असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।
हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव,स्थानीय वायु तथा पूर्वी भू-भाग नजिक बनेको न्यून चापिय क्षेत्रको प्रभाव हुनुको साथै बंगालको खाडी र अरब सागरबाट समेत जलवाष्पयुक्त वायु नेपालमा प्रवेश गरिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार हाल देशको पश्चिमी भु-भागमा पूर्ण बदलि भई केहि स्थानहरुमा वर्षा भईरहेको छ र वांकी भु-भागमा सामान्य बदली रहेको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्