बिहानैबाट देशभर वर्षाः भोलि सम्म जारी रहने , सतर्क रहन मौसम विभागको आह्वान



काठमाडौं । काठमाडौं लगाएत देशभर वर्षा भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले भोलि बिहानसम्म नै वर्षा हुने भएकाले सतर्क रहन आह्वान गरेको छ ।

अरब सागरमा बनेको ‘निसर्ग’ चक्रवात कमजोर भइ बनेको न्यून चापीय क्षेत्रको प्रभावसँगै स्थानीय र पश्चिमी वायुको प्रभावले शुक्रबारदेखिको वर्षा भोलि बिहानसम्म नै जारी रहने महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार शुक्रवारदेखि नै मुलुकभर वर्षा जारी रहेको छ । अहिले मुलुकका अधिकांश भू(भागमा वर्षा भइरहेको छ ।

महाशाखाले विभिन्न स्थानमा मापन गरेको वर्षाको विवरणअनुसार सबैभन्दा बढी धनगढीमा ७४.९ मिलिलिटरसम्म वर्षा भएको छ ।यस्तै वीरेन्द्रनगरमा ३८.७, दिपायलमा २७.१, सिमरामा २०.९ र काठमाडौंमा १२.८ मिलिलिटर वर्षा भएको छ ।

प्रदेश १, २, बागमति र गण्डकी प्रदेशका केही स्थानहरूमा वर्षासँगै मेघगर्जन र चट्याङको पनि सम्भावना छ भने उच्च हिमाली भेगका केही स्थानहरुमा हिमपातको सम्भावना रहेकोले सतर्कता अपनाउन महाशाखाले आह्वान गरेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्