गायक भुपु पाण्डेको नयाँ गित छोटो छ जिन्दगी फोटो खिचेर राख सार्वजनिक




ओमप्रकाश गुप्ता/ सिसहनियाँ २८ जेठ
गायक भुपु पाण्डेको नयाँ गित छोटो छ जिन्दगी फोटो खिचेर राख सार्वजनिक भएको छ । दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ५ प्रगतीनगर सिसहनियाँ कमलरोड निवासी पाण्डेको आफ्नै युटुव च्यानलमा मंगलबार सो गित सार्वजनिक भएको हो ।

गितमा संगित-स्वर र अभिनय पाण्डेले गरेका छन् भने उनलाई झापाली गायिका मेलिना मैनालीले साथ दिएकी छिन। सुदुर पश्चिमको अछाम जिल्ला र भारतको राजस्थानको मरुभूमिमा गीतको छायांकन गरिएको छ। पश्चिम नेपाल र समग्र नेपालको यथार्थ चित्रण गर्न खोजिएको यो गीतमा ८० प्रतिशत नेपाली रोजगारीको लागि भारत जाने सदीयौं देखिको चलनलाई देखाउन खोजिएको छ ।

दङ्गाली साहित्यकार नारायण नेपालको शव्द, योगेश दाहालको छायांकन, मनोज कार्कीको सम्पादन, श्याम कुँवरको रंग र पवन सिंखडा रचनात्मक प्रमुखका रुपमा रहेर काम गरेका छन् । भने भूपू पाण्डे र उषा उप्रेतीको अभिनय रहेको यो भिडियोमा निर्देशन सागर बाबू भट्टले डेब्यू गरेका छन् ।

पछिल्लो समय चर्चामा आउन सुरु गरेका पाण्डेले करिव ४०-४५ वटा गित रेकडीङ भएका छन् भने करिव १५ वटा भिडियो सहितको गित बजारमा आइसकेका छन् । उनले गाएका गित मध्ये चम्पा,छाता,जेपिटी मेरो वालमा ट्याक नगर,नरिसाउ न मालती,आयो रे सावन आयो, मरेको लास लगायतका गित स्रोता तथा दर्शकले मन पराएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्