जापानमा रहेरै नेपाली बजार तताउदै शान्ता



काठमाडौं / २२ साउन।
जापानमा रहेर पनि नेपाली गीत संगीतमा आफ्नो दरिलो उपस्थिति जनाइरहेका लोकप्रिय गायक तथा सर्जक प्रेम सापकोटा सोनु र शान्ता जीसी को तीज गीत “बाहिर कुरा नगरे सैंले” भर्खर मात्र बजारमा सार्वजनिक भएको छ ।

निरन्तर तीज मा आफ्नो कोशेली पस्कने शान्ता ले यसपाली माया प्रेममा जाेडियका प्रेमी जोडीहरुको प्रेम कथालाई प्रेमले गीतमा उतारेकि छन । गीतमा प्रेम सापकोटा सोनुको लय तथा शब्द सिर्जना गर्नुभएको छ भने आवाज सोनु र शान्ता जिसीको रहेको छ ।

गीत सार्वजनिक शान्ता जि सीले आफ्ना पहीले पहिलेका गीतलाई धेरै दर्शक स्रोताले मन पराइदिनु भएकोले पछिल्लो यो गीतलाई पनि सबैले अझ मन पराउनुहुनेछ भन्नेमा आशावादी रहेको बताएकी छिन । तिजको बेला आफ्नो परम्परा र सांस्कृतिकलाई जोगनउकाेलागी भएपनी तिज गित बजारमा लिएर आएका छौ । शान्ताले सबैले एकपटक हेरेर राम्रो नराम्रो आ-आफ्नो प्रतीकृया दिन हार्दिक आग्रह समेत गरेकी छिन ।

सार्बजनिक गीतको म्युजिक भिडियो समेत निकै उत्कृष्ट बनेको छ । गीतलाई प्रकाश धमलाले सम्पादन गरेका छन भने सुरेश श्रेष्टले छायछकंन गर्नुभएको छ । गीतलाई अहिलेकी ख्यातीप्राप्त चर्चित निर्देशक स्मृति तिमिल्सीनाले निर्देशन गरेकी छन ।

अहिलेका चर्चित मोडल चक्र बम र नृत्यांगना अञ्जली अधिकारीको उत्कृष्ट अभिनय रहेको छ । भने गीतलाई प्रेम साप्कोटा सोनुको यु- ट्यूब च्यानलबाट सार्वजनिक गरिएको छ । दर्शकले सार्बजनिक भए संगै धेरै मन पराएको यो गीत हेर्नुहोस…

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्