अस्पतालमा सञ्जय दत



काठमाडौँ / २७ साउन।

बलिउड नायक संजय दत्तलाई अस्पतालमा भर्ना गरिएको छ । संजयको पहिलो कोरोना रिपोर्ट भने नेगिटिभ आएको छ ।

उनको शरीरमा अक्सिनको मात्रा कम भएपछि वेचैनी बढेर अस्पताल भर्ना गरिएको हो ।

संजय आफैले ट्विटरमार्फत आफ्ना फ्यानहरु आफ्नो स्वास्थ्यको जानकारी दिएका छन् ।

उनले लेखेका छन्– “म सबैलाई यो जानकारी दिन चाहन्छु कि, म ठिक छु । म अहिले डाक्टरको निगरानीमा छु र मेरो कोभिड रिपोर्ट नेगिटिभ आएको छ ।
म केही दिनमै घर फर्किनेछु । सबैको आर्शिवादका लागि धन्यवाद।”

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्