बेखर्चीको उद्धार सुरु नहुँदै चार्टर्ड उडानको ‘ब्यापार पनि बन्द



सरकारले काठमाडौंमा सामुदायिक क्वारेन्टिन बनाउन नसक्दा समस्या भएको बताएको छ । सोहीकारण जबर्जस्ती होटेलमा बस भन्न सक्ने अवस्था नभएपछि सरकार उडान नै रोक्ने निष्कर्षमा पुगेको मन्त्रालयका एक अधिकारी बताउँछन् ।

‘स्थानीय तहले जान दिन्नन्, काठमाडौंमा क्वारेन्टिन नै छैनन, होटेलमा बस्न मान्दैनन्, अनि ल्याएर मात्र के गर्ने ’ उनी भन्छन् ।

यसअघि सरकारले होटेलमा बस्नेलाई स्वेच्छिक र अन्यलाई सरकारी क्वारेन्टिनमा राख्ने गरी नेपाल फर्काइरहेको थियो । तर, १ भदौबाट भने सबैलाई काठमाडौंमा होटेलमै बस्ने गरी नयाँ निर्णय गर्‍यो ।

विदेशमा बेखर्ची बनेका धेरैजसो नेपालीले जबरजस्ती होटेलमा बस्न नसक्ने बताएपछि सरकार नेपालीलाई घरै नर्फकाउने निर्णयमा पुगेको हो

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्