प्रकाश संगमका पढ्नै पर्ने मन छुने गजल शिक्षा छैन जिन्दगी पठाउने पाठशाला भेटिँदैन



थुम्काहरु भेटिन्छन् साना ठूला भिर भेटिन्छन्
जिन्दगीमा पाईला पिच्छे अनेक पिर भेटिन्छन्

शिक्षा छैन जिन्दगी पठाउने पाठशाला भेटिँदैन
बरु पुजारी भेटिन्छन् बाटोभरी मन्दिर भेटिन्छन्

जस्तो हरेक तत्वहरुमा स-साना अणु भेटिन्छन्
त्यस्तै यो दिलको भित्तामा तिम्रै तस्बिर भेटिन्छन्

जिन्दगीमा प्रगति गर्न कसैको मदत चाहिदोरहेछ
हेर्नुहोस् गर्धनमा टेकी नमुना बनेका शिर भेटिन्छन्

कहा सम्म पुगे होलान् दिलको डेरा छोडेका मान्छे
खोज्दैछु गन्तव्य सकिए पछि त आखिर भेटिन्छन्

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्