साउदी दूतावास अघि नेपालीहरुको चर्को प्रदर्शन, प्रधानमन्त्रीको राजीनामा माग



काठमाडौं /२३ भदौ।
कोरोना भाइरसका कारण स्वदेशमा रहेका नेपाली मात्र नभएर विदेशलाई आफ्नो कर्म थलो बनाएर काम गरीरहको नेपाली पनि मारमा परेका छन् ।

विश्वको अर्थतन्त नै तहसनहस हुने गरी सुरु भएको कोरोना माहामारीको बेला सरकारले दीर्घकालीन योजना नल्याउदा नेपालमा रहेको नेपाली मात्र नभइ विदेशमा रहेका नेपाली समेत आक्रोशित बनेका छन् ।

सरकारको कार्यशैली गुनासो गर्दै साउदी अरबमा रहेका नेपालीले सरकारको विरोध गर्दै विरोध प्रदर्शन गरेका छन् । रोजगारीको सिलसिलामा साउदी अरेयिबा पुगेर पछिल्लो समय अलपत्र परेका नेपालीहरुले सरकार विरुद्ध विदेशी भूमिबाट नै विरोध प्रदर्शन गरेका हुन ।

प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गर्दै प्रदर्शन गरेका उनिहरुले प्रतिकुल अवस्थामा समेत आफ्ना जनता प्रति सरकार उत्तरदायी नबनेको भन्दै आक्रोश समेत व्यक्त गरेका छन ।

साथै साउदी अरबमा रहेको नेपाली दूतावासले आफुहरुको पीडा न बुझेको भन्दै दूतावास खारेजको समेत माग गरेका छन् । यो समस्या साउदी अरबको मात्र होइन, नेपालीहरु रोजगारीको सिलसिलामा पुगेको अधिकांश मुलुकमा रहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्