साउदीमा हजारौं नेपाली अलपत्र, टिकट लिने कार्यालय नै वन्द



काठमाडौं २४ भदौ।
कोभिड-१९को असर र विभिन्न कारणले गर्दा साउदी अरेबियामा अलपत्र परेका नेपालीहरू स्वदेश फिर्ता हुन निकै कठिन भएको छ।

साउदीका लागि नेपाल सरकारले निर्धारण गरेको नेपाल एयरलाइन्स र हिमाल एयरलाइन्स चार्टर उडानबाट नेपालीलाई स्वदेश फिर्ता ल्याउने काम भएता पनि हजारौँ नेपाली हवाई टिकट नपाएर अलपत्र परेका छन्।

दूतावासले रियाद र वाणिज्य दूतावास जेद्धाले स्वदेश फिर्ता हुने २३ हजार ५सय जनाको नामावली सार्वजनिक गरेका थिए । यसका साथै हवाई टिकटका लागि सम्बन्धित ट्राभल एजेन्सीलाई सम्पर्क गर्न जानकारी गराए पनि अहिलेको अवस्थामा हवाई टिकटको व्यवस्थापन गर्न निकै गाह्रो भएको देखिन्छ भने हवाई टिकट व्यावस्थापन गर्ने ट्राभल एजेन्सी कार्यालय नै वन्द रहेको अवस्था छ।

हिमालय एयरलाइन्सका साउदी अरेविया प्रतिनिधि ( कन्ट्री म्यानेजर ) सुवास तिमल्सिनाका अनुसार नेपाल फर्किन चाहने नेपालीको अनुपातमा धेरै कम मात्रामा उडानको व्यवस्था हुँदा साउदीको दम्मामबाट उडान गरिरहेको हिमालयन एयरलाइन्सको दम्माम स्थित कार्यालयमा हवाई टिकटका लागि यात्रुको भीड लागेको छ । भीड नियन्त्रण बाहिर जाँदा स्थानीय नगरपालिका (बलादिया)ले कार्यालय नै बन्द गरिदिएको छ ।

साउदी सरकारको कानुन पालना गरी आवश्यक प्रक्रिया पूरा गरी काम गर्दा गर्दै पनि महामारीको समयमा भएको अनियन्त्रित भीडको कारणले यो अवस्था आएको हो । यस अवस्थालाई मध्यनजर गरी थप उडान व्यवस्थापन लागि गर्न सम्बन्धित सरोकारवालाले ध्यान दिनुपर्न नेपालीले बताएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्