एक्लोपन तपाईकालागी फाइदा कि बेफाइदा



काठमाडौँ / ४ असोज।

आज विश्वमा धेरै मानिसहरु एक्लो बस्न पाउनुपर्ने भन्दै वकालत गर्छन् ।

एकजना अमेरिकी लेखिका एनेली रुफसले आफ्नो पुस्तक ‘पार्टी अफ वनः द लोनर्स मैनीफेस्टो’ मा एक्लो बस्नुमा धेरै आनन्द हुने लेखेकी छिन् । पुस्तकमा लेखिए अनुसार एक्लै बस्नाले ध्यान आफुमा केन्द्रित हुने र सृजनात्मक क्षमतामा वृद्धि हुने बताइएको छ । जब कोही एक्लै समय बिताउनुहुन्छ तब उसको मस्तिष्कले सुखका पलहरुलाई राम्ररी प्रयोग गर्छ । होहल्लाबाट टाढा बसेको शान्त मस्तिष्कमा सोच्ने क्षमता विकास हुन्छ । यस्तो समयमा मानिसले आफ्ना पुराना कुरालाई सम्झेर स्मरणशक्तिलाई मजबुत बनाउनुका साथै मस्तिष्कको अभ्यास गराउँछ ।

अमेरिकाको सैन जोस विश्वविद्यालयको ग्रेगरी फीस्टले यस विषयमामाथि अनुसन्धान गरेर आफूसँग समय बिताउनाले सृजनात्मक क्षमतामा ठूलो सहयोग मिल्ने कुरा पत्तो लगाइन् । यसले मानिसमा आत्मविश्वास बढाउने र स्वतन्त्र सोच राख्ने बानी विकास गर्ने बताउँछिन् । एक्लै बस्नाले नयाँ सोचहरु उम्रिने पनि उनको भनाई छ ।

अमेरिकाको बफैलो विश्वविद्यालयकी मनोवैज्ञानिक जूली बोकर आफ्नो अनुसन्धानमा मानिसहरु तीन कारणले अन्य मानिसहरुसँग घुलमिल हुन नचाहने बताउँछिन् । पहिलो लजालु प्रवृतिका कारण, दोस्रो मानिसहरुलाई होहल्लामा जान मन पर्दैन र तेस्रो मानिसहरु मिलानसार प्रवृतिकै भएपनि आफैसँग समय बिताउन चाहन्छन् ।

मनोवैज्ञानिकबाहेक धर्मले पनि एक्लोपनालाई जोड दिन्छ । हिन्दू तथा बौद्ध धर्मले एक्लै जप र चिन्तन मनन गर्ने सल्लाह दिदैँ आइरहेको छ ।

वास्तवमा एक्लै बस्दा हाम्रो मस्तिष्क आरामको मुद्रामा आउँछ । यस्तो मुद्रामा मस्तिष्क स्मरणशक्तिलाई मजबुत बनाउन र भावना संवेकहरुलाई राम्री बुझ्नमा जुट्छ । तर यसको विपरित यदि मानिस कसैको साथमा छ भने उसको ध्यान बाँडिन्छ र सुख महसुस हुँदैन ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्