बंगलाचुली गाउँपालिकामा रहेका सामुदायिक विद्यालयहरु संचालनमा



कमिरेचौर,४ असोज
दाङको बंगलाचुली गाउँपालिकामा रहेका सबै सामुदायिक विद्यालयहरु आज आईतबार देखि संचालनमा आएका छन् । गाउँपालिकामा रहेका ४२ वटा सामुदायिक विद्यालय, ९ वडा बाल विकास केन्द्र र एउटा बोर्डिङ स्कुलमा आज देखि पठन -पाठन सुरु भएको हो ।

गाउँपालिकाले पहिलो चरणमा वाल विकास केन्द्र देखि ५ कक्षा सम्मको पठन पाठन सुरु गर्ने निर्णय अनुसार आजदेखि पठन पाठन सुरु भएको हो । त्यसैगरी ६ देखि माथिको कक्षा भने गाउँपालिकाको बैठक बसी पाठ्यक्रम निर्धारण गरेर संचालन गरिने तयारी भएको छ ।गाउँपालिकामा शिशु देखि कक्षा पाँच सम्म ४ हजार ९ सय ७६ विद्यार्थी रहेका छन् । गाउँपालिकामा जम्मा जम्मी ७ हजार २ सय ५४ जना विद्यार्थीहरु रहेका छन् ।

नेपाल सरकार शिक्षा तथा प्रविधि मान्त्रालयले जारी गरेको विद्यार्थि सिकाई सहजिकरण निर्देशिका २०७७ को गाईडलाईन अनुसार गाउँपालिकाले पठनपाठन कार्यलाई संचालन गरेको बंगलाचुली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेव बहादुर वालीले बताउनु भयो । उहाँले लामो समय सम्म लकडाउन भए पछि विद्यार्थिहरुको पढाई अन्यौलमा परेको हुँदा स्वास्थ्य सुरक्षा अपनाउँदै पठन पाठन कार्यलाई जारी राखिने अधिकृत वलीले बताउनु भयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्