वैज्ञानिक प्रमाणसहित बेसारको औषधीय गुण



कोरोना भाइरस (कोभिड–१९)सँग लड्नका लागि खाने परिकारमा बेसारको महत्व देखाउँदै प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभामा चर्चा गरेपछि यसलाई सतहमा दुईथरी कोणबाट व्याख्या गरिएको छ ।

बेसारको औषधीय गुण र महत्व यस्तो छ

बेसार बहुउपयोगी औषधीय गुण भएको वनस्पति हो । सुन्निने समस्या भएको बेलामा यसको प्रयोग गरिन्छ । घुँडा सुन्निने तथा दुख्ने समस्यामा पनि बेसारको प्रयोग गरिन्छ ।

–राम्रो शुद्ध बेसारको धूलोलाई गाईको घ्यूमा मुछेर बेलुका सुत्ने बेला लगाउने गरेमा आँखा रातो भएको, घाउ भएको, जालो हुन लागेको धमिलो भएको
१–२ हप्तामा निको गर्छ र सँधै लगाएमा आँखाको कहिल्यै खराबी हुँदैन ।

– १ चिम्टी खाने खयर, १ चिम्टी बेसार तातोपानीसँग बिहान बेलुका खाने गरेमा २–३ दिनमा नै सुख्खा खोकि ठिक हुन्छ ।

– १ चम्चा घ्यू कुमारीको गुदी, १ चम्चा राम्रो बेसार १ चिम्टी सिदेनून फिटेर तातो पानीसँग खाली पेट केही दिन खाएमा ग्यास्ट्रिक ठीक हुने दाबी गरिएको छ ।

– ५ ग्राम राम्रो शुद्ध बेसार दूधमा पकाएर बिहान बेलुका २–४ दिन सेवन गर्नाले शरीरमा सुन्निएको साथै मर्केको पनि ठीक हुन्छ ।

– बिहान बेलुका शुद्ध बेसार १ चम्चा खाने र घोटेर लेप बनाएर मनतातो पारी गलगाँडमा दिनदिनै लगाउने गरेमा ठीक हुन्छ तर धेरै पुरानो भए निको हुदैन ।

– आधा चम्चा बेसार दिनको ३ पटक मनतातो पानीसँग खाएमा कफ जमेर हुने कफ ठिक हुन्छ ।

– ज्वानो र बेसार १ चम्चा दिनको ३ पल्ट १ गिलास पानीमा पकाएर खाएमा यसले रुघा पाक्छ र चाँडै आराम हुन्छ ।

– २ चम्चा बेसार २ गिलास पानीमा पकाउने र १ गिलास भएपछि गारगल्कुल्ला दिनको २ पटक गरेमा ठीक हुन्छ ।

– १ गिलास दूधमा १ चम्चा बेसार हालेर उमालेर दिनको २ पल्ट खाएमा ठिक हुन्छ । बेसारको टुक्रा पोलेर सुत्ने बेला चुस्ने गरेमा पनि खोकी ठिक हुन्छ ।

– टंसिल दुखेकोमा बेसार र मह फिटेर रुद्रघण्टीमा बेलुका सुत्ने बेलामा लगाउने गरेमा ठीक हुँदै जान्छ ।

– गौंत (गाईको पिसाब) आधा गिलास, १ चम्चा बेसार, १ चम्चा सखर हालेर नित्य बिहान्बेलुका खाने गरेमा हात्तीपाइले रोग ठीक हुँदै जान्छ ।

– घ्यू कुमारीको गुदीमा राम्रो बेसार फिटेर मनतातो पारी आखाँमा राती सुत्ने बेलामा बाँध्नाले आँखाको सम्पूर्ण रोग निको हुन्छ ।

– घ्यू कुमारीको गुदी नित्य बिहान बेलुका एकरएक चम्चा खाने गरेमा वाथरोग ठीक हुन्छ । मर्केको, चोट लागेको र सुनिएकोमा घ्यू कुमारीको गुदीमा बेसार मिसाउने र तताएर बाँधिदिएमा छिटै दुख्न कम हुन्छ, चोट पनि ठिक हुन्छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्