निन्द्रासमम्बन्धी केही रोचक तथ्यहरु



मानिसका लागि पनि निन्द्रा त्यतिकै महत्वपूर्ण हुन्छ । मानिसलाई खाना भन्दा पनि अत्यावश्यक भनेको निन्द्रा हुन्छ । खानाविना मानिसहरु ४६ दिनसम्म पनि बाँचेको रेकर्डहरु छन् । तर निन्द्राविना मानिस २६४ घण्टा अर्थात ११ दिनसम्म मात्र बाँच्न सक्छ भन्ने तथ्यांक पनि छ ।

निन्द्रासमम्बन्धी केही रोचक तथ्यहरु फेला पारेको छ ।

१२ प्रतिशत मानिसहरु निदाउँदा सादा दृश्य देख्छन् ।

जन्मदै आँखा नदेख्नेहरुले दृश्यभन्दा भावना, आवाजको सपना देख्छन् ।

ब्युझेको ५ मिनेटमै ५० प्रतिशत सपना बिर्सिइन्छ ।

४१ प्रतिशत बेलायतीहरु गर्भको शिशुको पोजिसनमा सुत्छन् ।

मानिसको सुत्ने पोजिसन र व्यक्तित्वमा सम्बन्ध हुन्छ ।

मानिसमात्र त्यस्तो प्राणी हो, जो आफूले चाहेकोबेला निदाउन सक्छ ।

एउटा जिराफलाई दिनमा १.९ घण्टा निदाए पुग्छ भने चमेरोलाई १९.९ घन्टा निदाउनुपर्छ ।

मानिसले आफ्नो जीवनको एकतिहाई समय निदाएर बिताउँछ ।

क्यालिफोर्नियाका र्‍यान्डी गार्डनर नामका एक विद्यार्थीले सबैभन्दा धेरै समय ननिदाएर विश्व रेकर्ड बनाएका थिए ।

बिहान ओछ्यानबाट उठ्न नमिल्ने समस्यालाई ‘डिसानिया’ भनिन्छ ।

निद्रामा हिड्ने समस्यालाई ‘प्यारासोम्निया’ भनिन्छ ।

१५ प्रतिशत मानिसहरु निद्रामा हिड्ने समस्याबाट पीडितभएको अनुमान गरिन्छ ।

विवाहित ४ मध्ये एक जोडी अलग बेडमा सुत्छन् ।

ननिदाउने समस्या भोकमरीको समस्याभन्दा खतरनाक हुन्छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्