ताम्रजलका अनेक फाइदा



जस्तो धेरैजसो अवस्थामा हामी प्लाष्टिकको भाँडामा राखिएको वा राखेर खानेकुरा सेवन गर्छौं । प्लाष्टिकको भाँडावर्तन सस्तो र सजिलो पनि लाग्छ । तर, प्लाष्टिकमा राखिएको खानेकुरा स्वस्थ्यकर मानिदैन । खाना पकाउनका लागि फलामको भाँडावर्तन राम्रो एवं स्वस्थ्यकर मानिन्छ । यसैगरी पिउने पानी राख्नका लागि तामाको भाँडावर्तन उपयोगी हुन्छ । यसबाट अनेक स्वास्थ्य लाभ मिल्ने बताइन्छ

आयुर्वेदमा भनिएको छ, तामाको भाँडामा कम्तीमा ८ घण्टासम्म राखिएको पानी लाभदायक हुन्छ । जुन व्यक्तिलाई कफको समस्या छ, उनीहरुले पानीमा तुलसीको केहि पात हाल्नुपर्छ ।रातभर तामाको भाँडामा पानी राख्ने र बिहान उठेपछि पिउनुपर्छ, यो एकदमै स्वस्थ्यवद्र्धक हुन्छ । आर्युवेदमा भनिएको छ, तामाको भाँडामा भण्डारण गरिएको पानीले शरीरको केहि दोष शान्त गर्छ । साथै, यसले शरीरको विषाक्त पदार्थ निकाल्छ । तर, तामाको भाँडामा कति समय पानी राख्ने ?

थाइराइड नियन्त्रण

थाइरेक्सीन हर्मोनको असन्तुलनले थाइराइडको समस्या हुन्छ । विज्ञहरुका अनुसार कपरको स्पर्श भएको पानीले शरीरमा थाइरेक्सीन हर्मोनलाई सन्तुलित राख्छ ।

युरिक एसिडमा फाइदाजनक

अहिले धेरैलाई युरिक एसिडको समस्या हुन्छ । यदि तपाईलाई पनि यस्तो समस्या छ भने तामाको भाँडमा राखिएको पानी पिउने गर्नुहोस् ।

जवान राख्छ

त्यसो त पर्याप्त पानी पिउँदा छाला स्वस्थ्य हुन्छ । यदि तामाको भाँडमा राखिएको पानी पिउने हो भने, मृत्त छालाहरु हटाएर अनुहारलाई सधै फ्रेस तथा जवान देखाउँछ ।

उच्च रक्तचाप, कोलोस्ट्रोरमा फाइदा

तामाको भाँडामा राखिएको पानीले उच्च रक्तचाप, कोलोस्ट्रोर नियन्त्रण गर्छ ।

जान्नैपर्ने कुरा

तामाको भाँडामा रातभर पानी भण्डारण गर्नुपर्छ । यसले तामाको स्वस्थ्यप्रद गुण त्यस पानीमा सर्छ, जो पेट सम्बन्धी रोगदेखि रगतको शुद्धतासम्ममा फाइदाजनक हुन्छ । तामाको बर्तनमा पानी भरेर राख्दा त्यसलाई जमिनमा राख्नु हुँदैन । काठमाथि वा कुनै धातुको टेबलमाथि राख्नुपर्छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्