कसैलाई पनि प्रयोग गर्न नदिनुहोस् आफ्ना यी सामान



साथीलाई पनि प्रयोग गर्न नदिनुहोस् आफ्ना यी सामान

तौलिया
तौलियाले हाम्रो शरीरको चिसो सोस्ने गर्छ । त्यसभित्र बढि मात्रामा फङ्गस र ब्याक्टेरिया बसेका हुन्छन् । यसकारण तौलियालाई अरुसँग साट्दा वा प्रयाग गर्न दिँदा रोग फैलने सम्भावना हुन्छ ।

काइँयो
हामीले अफ्नोबाहेक अरुको काइँयो प्रयोग गर्नबाट बच्नुपर्छ । अरुको कपालमा चाया, विभिन्न प्रकारका एलर्जी र खराब किटाणु बसेको हुन सक्छ । त्यसैले हामीलाई पनि यी समस्या सर्न सक्ने डर भएकाले सावधानी अपनाउनु पर्छ ।

लिपिस्टिक
धेरै जस्ता युवतीहरु एकअर्काको लिपिस्टिक साटासाट गरेर लगाउने गर्छन् । तर, यसका कारण विभिन्न रोगबाट संक्रमित हुने खतरा हुन्छ । विशेष गरी हर्पस नामक संक्रमण सर्ने डर हुन्छ जुन एक किसिमको भाइरस हो र यसको कुनै उपचार छैन ।

रेजर
ट्वीजर र रेजर जस्ता कस्मेटिक सामानहरु कसैसँग पनि बदल्नु हुँदैन । यी सामग्रीहरु धेरैपटक प्रयोग गरिसकेपछि त्यसमा हाम्रो रगतका अत्यन्तै साना थोपाहरु पनि रहिरहने गर्छन् । त्यसैले यी सामान अरुलाई प्रयोग गर्न दिँदा रोग बढ्ने र सर्ने खतरा हुन्छ ।

घरभित्रको चप्पल
हाम्रो घरभित्रको चप्पल हामी बाहेर कहिलेकाहिँ आउने पाहुनाले पनि प्रयोग गर्ने गर्छन् । तर, पसिनाका कारण त्यहाँ अनेक किसिमका ब्याक्टेरियाले घर बनाएका हुन्छन् । सकेसम्म प्रयोग गरिसकेपछि राम्रोसँग धुने गर्नुपर्छ ।

इयरफोन
सबै मानिसको कानभित्रका ग्रन्थीमा छुट्टै किसिमका ब्याक्टेरिया हुन्छन् । तर, हामीले इयरफोन परिवर्तन गर्‍यौं भने ती ब्याक्टेरिया असन्तुलित हुन्छन् र यसका कारणले हाम्रो कानमा संक्रमण हुने खतरा बढ्छ । त्यसैले कसैले इयरफोन माग्दा हामीले झटपट दिनु अघि सोच्ने गर्नुपर्छ ।

हेलमेट
हामीले आफ्नो हेलमेट अरुलाई प्रयोग गर्न दिनु हुँदैन । त्यस्तो गरेमा अरुका कपालका समस्या आफूमा सर्ने सम्भावना हुन्छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्