सैघाली खबर
दाङ १२ पुस, काठमाडौं । लोक गायिका रमीला न्यौपाने र गायक खुमन अधिकारीको आवाजमा नयाँ गीति एल्बम तल परिन्न सार्वजनिक भएको छ । आफ्नो काम गरेर तल परिन्न भन्ने बोलको गीत रमिला न्यौपाने र रामप्रसाद कँडेलले बजारमा ल्याएका हुन् ।
यस गीतको भिडियोमा खुमन र रमिलाले आफैंले अभिनय गरेका गरेका छन् । गीतमा छोरा र छोरीले गर्ने काम भनी कामको
वर्गीकरण भन्दा सक्ने काम सवैले गर्नुपर्छ भन्ने चेतनामुलक सन्देश दिन खोजिएको छ ।आफ्नो कामलाई घृणा गर्ने आफै पछि पर्छन् भन्दै गीतमा भनिएको छ, राम्रो सोचाइ हुनेहरुले राम्रो काम गर्छन् । रमिला र खुमन बुढाबुढीको भुमिकामा देखिएको भिडियो बढो रोचक र सन्देशमुलक बनेको छ ।
खुमन अधिकारीको लय तथा रमिला न्यौपानेको शब्दमा रहेको उक्त गीत आशिष म्युजिक प्रालिबाट बजारमा आएको छ भने निर्देशक प्रकाश भट्टले भिडियोमा निर्देशन गरेका छन् ।राजेश घिमिरेको छायांकनमा रहेको उक्त भिडियोको सम्पादन भने बिष्णु शर्माले गरेका हुन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।