कविताको शिर्षक नै कविता



लेख्दैछु म कविताको शिर्षक नै अब त कविता
बढ्दैछ महिला हिंसा किन हेर्दछ समाज रमिता

कविता तिम्रो लागि रहेनछ कहीँ कतै नै सरकार
रक्षकहरु नै तिम्रा लागि भक्षक हुन नगर यिनको दरकार

सरस्वती मात्र हैन अब बन्नु पर्दछ तिमी फेरि काली
हलो र जुवा मात्रले पुग्दैन अब त नबनेर हुँदैन है फाली

खाना नै मिठो भन्दछ्न आजकाल सबले किन हो थकाली
कविता तिमीले तह लगाउनु पर्दछ भक्षक सबका बङ्गारा फुकाली

कानुनमा पनि आजकल मिसिएको छ भन्दछन् नुन
आँखामा पट्टी बाधिएको देखेका छौं कसरी न्याय मिल्ला सुन

उठ जाग कविता तिमीले जोगाउनु पर्दछ सब नारीको अस्मिता
उठाउ अब त हतियार अत्याचार बढ्यो नहेर फेरि है रमिता

हिन्दु धर्ममा लेखिएको छ सबले मान्दछन् देवी नै हुन नारी
घुम्ने कुर्सीमाथि बसेको छ अन्धो झैं हत्या हिंसा देख्दैन फेरि

उठाउ अब त कलम लेख महिला हत्या–हिंसा विरुद्ध कानुन
दाइजो प्रथाले समाजमा महिला हिंसा बढ्यो सबले जानुन

पुनर्जन्म लिनुपर्दछ निर्मलाहरुले धर्तिमा फेरि अब
उठ जाग महिला हो खाली किन हुन गो आधा आकास

कस्तो गणतन्त्र नारी अस्मिता माथि सधैं धावा बोल्ने
उठ जाग कविता बेला आयो खलनायक हैन नायक बनि खेल्ने

उठौं जागौं समाज सब मिलेर लागौं अगाडी फेरि अब
देख्दैछौं हामी सबले दलहरु भित्र सधैं नै आन्तरिक लडाइँ

मृत्यु दण्ड नै दिन परोस् ल्याउनु पर्दछ कानुनमा कडाइ
कस्ता अधिकारवादी हुन महिला हिंसा कहिल्यै नदेख्ने

कता गए ती दिदी–बहिनीहरु भन्ने मुक्तिका स्वर
उठ जाग कविता अब त नबनेर सधैं भक्ति भावको नोकर ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्