कविता :”मान्छे मरे ढुकुर जस्तै”



राज कुमार कार्की
कुकुर जसो गरि पाले नि मान्छे मरे जस्तै ढुकुर।
सत्र हजार मर्दा के हेरेर बसे ती जंगली कुकुर।।

स्कुलमा पढाउदा पढाउदै मरे बिचरा गुरु बा।
आँसुको बेग अहिले सम्म रोकिएन भन्नु हुन्छ गुरु आमा!

पहिला गाउँमा मात्रै गर्दै थियो त्यसले सर्बत्र उदन्ड ।
फेरि झगडा चल्दै छ रे शहरमा नमिलेर अंशबन्डा!
के गर्नु र तोकेर मात्रै कुकुरको टाउकाको मोल!
हजारौंको ज्यान भैरहेको छ भन्छन् अहिले सम्म गोलमाल।।

आजकल शहरका गल्लीमा हल्लिदै छन् रे कुकुर!
इमान्दार कुकुर नपाउदा मान्छे त कत्ति मरे-मरे जस्तै गरि ढुकुर।।

छुट्याउन नै गाह्रो भयो हजुर स्वदेशी बिदेशी जातका कुकुर।
नन् भेज खाना चाहिने भएर होला यति धेरै मरे जस्तै ढुकुर।।

किन हत्याहिंसा बढ्दैछ हजुर जताततै महिलाको!
घर पालुवा कुकुर त ईमानदार थिए रे पहिला-पहिलाको।।

ए हजुर यस भित्र लुकेको छ है कुरो धेरै नै गहिरो।
बन्द गरे कलम धेर कोट्यायो भने जान सक्छ निन्दामा खोलामा पहिरो।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्