ए मनुवा तिमी नहाँस, तिम्रो घर जल्दै छ



हरिश खड्का । नेकपा एमाले युवा नेता तथा अनेरास्ववियु केन्द्रीय सचिव ।

ए मनुवा तिमि नहाँस तिम्रो घर जल्दै छ ,
नेकपा एमाले युवा नेता हरिश खड्का

जाँउ तिमि निभाउ अागाे सबै युवाको निधार बल्दैछ ।
ए मनुवा तिमि नहाँस तिम्रो घर जल्दै छ ।।

दुखि पिडीत श्रमजीवीकाे वासस्थान हाे त्याे ।
नाम निशान खाेज्नाे पर्ला तिम्रो घरको पिल्लर ढल्दै छ ।।

त्याग गर बुद्धत्व पाउन्छाै,अहङ्कारकाे खाडल पुरिन्छ ।
स्वाभिमान र स्वाधीनता भन्छाै,सगरमाथाको हिउँ गल्दै छ ।।

त्याग सबै त्याग ती तिम्रा जीवन जिउने अाधारहरु ।
गाउँ सहर समिताकाे हल्ला चल्दैछ ,ए मनुवा तिमि नहाँस तिम्रो घर जल्दैछ ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्