सरकार तिमी कसको ?



हरेक वर्ष जनता बाढी पहिरो शितलहरमा पिडित
सरकार माला, खादा उद्घाटन शिलान्यासमा रमाउने
सरकार तिमी कसको ?

जनताको सामान्य समस्याको समाधान नै नगर्ने
तिमीले एमसीसीको पैसामा बेच्दैछ संविधान 
सरकार तिमी कसको ?

नेपालीको कालापानी, लिम्पियाधुरा लिपुलेक
जनगणनामा प्रवेश नदिँदा नि गठबन्धनको विवेक कहाँ गयो 
सरकार तिमी कसको ?

सत्ता परिवर्तनको लागि न्यायालयले दिन सक्ने परमादेश 
राष्ट्रघाती एमसीसी खारेजका लागि किन दिएनन् आदेश 
सरकार तिमी कसको ?

लामो सङ्घर्षको जनादेश उल्टाउन प्रेरित गठबन्धन
देशलाई बन्धक बनाउने एमसीसी किन स्विकार्ने
सरकार तिमी कसको ?

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्