खेलाडीहरूमा अनुशासन हुन आवश्यक छ:पूर्व सांसद चौधरी

राप्ती गाउँपालिकाको पिपरीमा खेलकुद कार्यक्रम सुरु


 

ओमप्रकाश गुप्ता सिसहनियाँ १६ पुस । माघी पर्वलाई लक्षित गरी राप्ती गाउँपालिका वडा नम्बर ८ पिपरीमा शुक्रवार देखि खेलकुद प्रतियोगिता सुरु भएको छ । राप्ती गाउँपालिका वडा नम्बर ८ को आयोजनामा महिला पुरुष भलिवल र पुरुष ब्याटमिन्टन प्रतियोगिता सुरु भएको हो । वडा अध्यक्ष गोकणर्बहादुर रानाको अध्यक्षता एवम् पूर्व सांसद सुशीला चौधरीको प्रमुख आतिथ्य तामा खेलकुद प्रतियोगिता सुरु भएको हो । खेल उद्घाटन कार्यक्रममा बोल्ने बोल्दै प्रमुख अतिथि चौधरीले खेलकुदको माध्यमबाट शारीरिक मानसिक तथा संवेगात्मक विकास हुने भएकाले समय समयमा खेलकुद कार्यक्रम आवश्यक रहेको बताएकी थिइन् । साथै बोल्ने उनले खेललाई प्रभावकारी बनाउन खेलाडीहरूमा अनुशासन हुन पनि जरुरी रहेको बताएकी थिइन् । वडा सदस्य विष्णु गुरुङको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदी, शंकर माध्यमिक विद्यालय पिपरीका प्रअ सुवर्णमान चौधरी, राप्ती प्रेस मञ्चका अध्यक्ष अर्जुन अधिकारी, रेडियो राप्ती तथा राप्ती टेलिभिजनका स्टेसन म्यानेजर ओमप्रकाश गुप्ता, गुरुङ राष्ट्रिय परिषद् राप्ती गाउँपालिका अध्यक्ष लुमबहादुर गुरुङ, पिपरी गाउँ अगुवा पुरन चौधरी, बौद्ध गुम्बाका अध्यक्ष रेसमबहादुर थापा लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन वडा सचिव शान्ता केसीले गरेकी थिइन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्