कविता : रुखको महत्त्व



सुख दुःखमा काम लाग्ने रुखको छहारी 
रोप्यौ रुख हामीले प्रति व्यक्ति हाराहारी
एक रुखले हजारौँलाई दिन्छ शीतल छहारी 
महत्त्व छ रुखको  जीवनकै हाराहारी।

घाम पानी छेक्ने एक मात्रै रुखको छहारी 
थकाइ मेट्ने सबले घुमिफिरी चाहारी 
महत्त्व जानिराखौँ रुखको शीतल छहारी 
महत्त्व छ जीवन जगतकै  हाराहारी।

किसानले बनौंने काटेर रुखकै हलो 
प्राणी जगतमा गर्दैन रुखले कुभलो
चौतारीको बिचमा अटल छ बूढो रुख
हरण गर्छ सब  सारा जगतको दु:ख।

मरुभूमि हरियाली बनाउछ  रुखले 
रुखको महत्त्व सकिन्न भनेर मुखले
बाटो हिड्दा थकान मार्ने रुखकै चौतारी 
बूढापाका देखि बस्छन् मिलेर नै दौँतरी।

जन्म देखि मृत्यु सम्म महत्त्व  छ रुखको
लिपि बद्ध नै गरे बिर्सेला भनि मुखको
मर्दा पर्दा महत्त्व छ  जीवन जगतमा 
मिलेर बसौं रुखमा नडुलौ  फगतमा।

रुखको महत्त्व बुझेका छन् पिता  पुर्खाले
काटेर उजाड बनाउन खोज्दै मुर्खले
रुख रोपि हरियाली बनाउ मेची काली 
झन रुखको महत्त्व छ भन्छन् यसपालि।
 
अक्सिजन देखि  शीतलता नै दिने रुख
चौतारीमा बसेर बाडौ हामी सुख दु:ख
काटे आउँछ है हामी सबैको रातो रगत
आफू भलो त हुन्छ है भलो सारा जगत।
  
राज कुमार कार्की 
मे न पा -१५,झापा ।
धन्यवाद।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्