चुनावी समीक्षा



भन्छन्  खै कता तिर नै  भोट दिए
भन्छन् खै  कता तिर  नै नोट दिए
नोट पाउनेहरू खुसीले सारै नै रमाए,
चोट पाउनेहरू झन् साह्रै दुःखी भए।

खाजा खानु है त भन्दै हात्ती दिए
भोट हारे पछि झन्  लात्तीले दिए
गैँडा र हात्ती पाउनेहरू गदगद हुँदै,
खुसीको सीमा नै नाघेर मात्ती दिए।

टिकट आ-आफ्ना गुटलाई मात्रै दिए
कत्ति राम्रा नपेरे नि टिकटमा छुट दिए
उमेदवार हुने नि कम्ती बाठा परेन त गाठे,
तिम्रै गुटको हु म सधैं भन्दै भन्दै झुठ दिए!

 टिकट खोस्दे भन्दै अन्तै मत जति भुट् दिए
यसपालि पार्टीलाई मत नदिनु भनि छुट दिए
विचरा उमेदवारले पाउने मत अन्तै घुमाएर,
टिकट पाउने उमेदवारको भाग्य नै लुट दिए!

काम्लामा सातु नमोल्नु पर्ने भए किन मोल्दिए!
सातु मोले पछि नघिनाउनु पर्ने घिनाइ घोल्दिए!
आफ्नो दल र आफ्नालाई मात्रै मत दिएर नै पो,
गठबन्धनमा भर्खरै आएको भन्दै मत नदिइ चल्दिए।

रुखमा माथी सबै  सगै चढौ हामी साथै भन्दै उचाल्दिए
आफू नि माथि चढेको छु भन्ने बिर्सिएर फेद ढाल्दिए!
वर्ष दिनको बाली भकारीमा भित्र्याउनु पर्ने बेलामा त,
 गाई बस्तुले आफ्नै बाली खाओस भनि भित्र हाल्दिए!

राम्रो हुन्थ्यो किरा लागेका हागाहरु काटेर फाल्दिए
कित राम्रै हुन्थ्यो कलमी बनाइ खेत बारीमा डाल्दिए
काम लाग्दै लाग्दैन भने ती मत पत्र काट्ने मुसाहरुलाई,
राम्रो किट्नासक औषधी तिनको मुख भित्र नै फाल्दिए! 

                    राज कुमार कार्की 
                    मे न पा-१५,झापा ।

 धन्यवाद ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्