बिकासमा जन– प्रतिनीधिको चासो



देश यति बेला संघीयतामा गैसकेको छ । संघ,प्रदेश र स्थानिय तीनै तहको निर्वाचन पनि सम्पन्न भएको छ । । अब नागरिको मुख्य आबश्यकता भनेको स्थानिय स्तरको विकास हो । यसै अनुरुप दाङका जनप्रतिनिधिहरु विकास निर्माणको कामलाई प्रभावकारी बनाउन एक ठाउँमा उभिएकाछन् । टुक्रे योजनाले जिल्लाको बिकास नहुने भएपछि दाङबाट निर्वाचित प्रतिनिधी सभा सदस्य,प्रदेश सभा सदस्य, स्थानिय तहका प्रमुख तथा प्रतिनिधीहरु विकासको खाँका निर्माण गर्न एक ठाउँमा भेला भएका छन् ।

संघीय,प्रदेश तथा स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि पहिलो पटक सबै जनप्रतिनिधिहरु एकीकृत विकासको योजना तय गर्न एक ठाउँमा जुट्नु दाङको लागि गौरबको बिषय हो।जिल्लाको विकास निर्माण गर्दा दलीय विभाजन भन्दा पनि मिलेर सहकार्य गर्नु पर्नेमा उनिहरुको उक्तिकै जोड दिदै आएका छन् ।

सम्पुर्ण राजनीतिक दलले बिकासको आ–आफ्ना एजेण्डा लगेर जनता सामु जानु भन्दा जिल्लाको बहृत योजना बनाएर जानुपर्ने पक्षमा उभिएको देखिन्छ । संघीय संसदले नीति निर्माण गर्ने गर्ने त्यसको कार्यान्वयन गर्दै स्थानीय स्तरको विकास प्रदेश र स्थानीय सरकार मार्फत गर्नसके देश विकासले छिटो गतिलिने देखिन्छ ।दाङको संमृद्धिका लागि लुम्बिनी र रारा, कोइलावास र स्वर्गद्धारीलाई जोड्नु अहिलेको मूख्य आवश्यकता भएको छ ।

लुम्विनी आउने पर्यटकलाई दाङ हँुदै रारा र भारतबाट आउने पर्यटकलाई दाङ हुँदै स्वर्गद्धारी पु¥याउन सके जिल्लालाई पर्यटनको क्षेत्रका रुपमा यसक्षेत्रमा पर्यटनको विकास गर्न सकिन्छ ।यस्तै दाङको घोराही मुर्कृटी, विपी मार्ग, शहीद मार्ग हुँदै रोल्पा, रुकुम घोराही रक्षाचौर र तुलसीपुर सुर्खेत सडक–खण्डलाई तत्काल सूचारु गर्न पनि जनप्रतिनीधिले भुमिका खेल्नु पर्छ । जिल्लाको समग्र विकासका लागि सबै गाउँपालिकाले गुरुयोजना निर्माण गरी त्यसैअनुरुप विकासका काम अगाडी बढाउनु पर्ने अर्काे आबश्यकता देखिन्छ । यति काम जनप्रतिनीधिले गर्न सके दाङको विकासमा महत्व पुर्ण गति लिनेछ

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्