ट्यालेन्ट हन्टको उपाधी थापा र भट्टराईलाई ।।



सैघाली खबर काठमाण्डौँ, १६ बैशाख
किड्स क्यापिटल ट्यालेन्ट हन्टको उपाधी प्राप्ती थापाले जितेकि छिन् । समुह ‘ए’ र ‘बि’ गरि दुई चरणमा भएको प्रतियोगितामा समुह ‘बि’ बाट थापाले किड्स क्यापिटल ट्यालेन्ट हन्टको ताज पहिरिएकि हुन् । यो संगै उनले नगद २५ हजार पुरस्कार पनि पाएकि छन् । यस्तै समुह ‘बि’ बाट प्रकृती भट्टराईले ट्यालेन्ट हन्टको ताज पहिरिएकि छिन् । उनले नगद २० हजार पुरस्कार स्वरुप पाएकि छिन । राष्ट्रिय नाचघरमा सम्पन्न प्रतियोगितामा सेकेन्ड रनरअपको उपाधि समुह ‘ए’ बाट दनिल प्रधान र समुह ‘बि’ बाट माएसा शर्माले चुमेका छन् ।

यस्तै थर्ड रनर अपको उपाधि समुह ‘ए’ बाट सर्वणि चौलागाई र समुह ‘बि’ बाट सुबि श्रेष्ठको पोल्टामा परेको छ । ५ बर्षदेखि माथि १५ बर्ष मुनिका बालबालिकाहरुको बिचमा भएको प्रतिसपर्धाको समापन हिजो गरिएको हो । उपत्यका भित्रका गरि जम्मा ४७ जना बालबालिका सहभागिता रहेको प्रतियोगिता दुई महिनासम्म चलेको थियो । अडिसन राउण्ड, म्युजिक क्लास, डान्स क्लास, कोरियोगा्रफी क्लास, फोटो सुट, ट्यालेन्ट राउण्ड हुदै प्रतियोगिता फाईनलमा पुगेको हो । किड्स क्यापिटल भन्नाले सौन्दर्य सम्बन्धिको प्रतियोगिता हो ।

किड्स क्यापिटलको बिगततर्फ फर्कने हो भने सन् २००८ मा तत्कालिन समयका चर्चीत मोडल तथा किरियोग्राफर यशराज गहतराजको कोरियोगा्राफीमा पहिलो पटक सम्पन्न भएको थियो । त्यसपछि बिचमा केहि समय स्थगित जस्तै भएको किड्स क्यापिटल सन् २०१४ मा आएर पुनः गहतराजकै कोरियोगा्रफरमा अर्को सिजन सफलतापुर्बक सम्पन्न भएको थियो । तर उक्त प्रगियोगिता पुनः दुई बर्ष हुन सकेन । त्यसपछि सन् २०१७ मा कोरियोगा्रफर गहतराज, मोर्डल÷कलाकार तथा ईभेन्ट म्यानेजर रोर्डनराज भण्डारी र प्रतिभाशाली ब्यक्ति बिजया शाह गरि तिन जनाको सहकार्यमा टच ईन्टरटेनमेन्ट एण्ड स्पर्श फिल्म नामक कम्पनिको स्थापना गरियो ।

सौन्दर्य प्रतियोगितासंगै अन्य उदाहरणिय कार्य गर्दे आएको ‘टिएस्’ फिल्मसले समाजसेवा संगै समाजमा उदाहरणिय कार्य गर्दै आएको छ । यसै ‘टिएस्’ फिल्मसले किड्स क्यापिटल २०१८ प्रतियोगिता सम्पन्न गरेको हो । साथै यसका सञ्चालकहरुले आगामि दिनहरुमा फेरि पनि यस्तै उदाहरणिय तथा अनुकरणिय कार्य गर्ने जनाएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्