पल र आँचलको सम्बन्ध के ?



सैघाली खबर/काठमाण्डौँ, बैशाख
पछिल्लो समयकि निकै चर्चित, ब्यस्त अनि सुन्दरि नायिका हुन् आँचल शर्मा । ‘नाई नभन्नु ल ४ ’ बाट फिल्म क्षेत्रमा डेब्यु गरेकि नायिका आँचललाई सोहि चलचित्रमा समावेस चिया कफि खाँउ बोलको गितले झनै उचाईमा पु¥याएको हो । बिभिन्न म्युजिक भिडियोसंगै आँचलले चलचित्र जोनि जेन्टलम्यानमा पनि काम गरिन् ।

डेब्यु फिल्म ‘नाई नभन्नु ल ४’ मा नायक पल शाहसंगै देखिएकि आँचल जोनि जेन्टलम्यानमा पनि पल नै उनका जोडीका रुपमा देखिए । उनको पछिल्लो चलचित्र ‘शत्रु गते’ अहिले देशका बिभिन्न शहरहरुमा चलिरहेको छ । र उक्त चलचित्रमा पनि पल र आँचल एक साथ देखिएका छन् ।

प्राय संगै काम गरेका उनिहरुको सम्बन्धका बारेमा पनि बिभिन्न हल्लाहरु समय–समयमा बाहिर आईरहन्छन् । तर आचँल भने आफुहरुलाई दर्शकले धेरै मायाँ गरेका कारण नकारात्मक कुराहरु भने सुन्नमा नआएको बताएकि छिन् । दर्शकले आफुहरुलाई राम्रो जोडिको रुपमा हेरिदिएकाले खुसि लाग्ने बताएकि छिन् ।।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्