पुर्णिमाको ‘हिरोज्’ बैशाख २८ बाट ।।



सैघाली खबर/काठमाण्डौँ, बैशाख।
निर्माता तथा नायिका पुर्णिमा लामाले निर्माण गरेको चलचित्र ‘हिरोज्’ बैशाख २८ गतेबाट प्रदशनमा आउने भएको छ । चलचित्रमा ‘हिरोज’को अर्थ देख्दा आकर्ष भएकाहरु मात्रै हिरो नभएर मन, वचन, कर्म र ईच्छा शक्ति राम्रो भएकाहरु पनि समाजका हिरो हुन् भन्ने देखाउन खोजिएको छ ।

एनवी महर्जनको निर्देशनमा बनेको फिल्ममा करिश्मा मानन्धर, जयकिसन बस्नेत, मुकेश ढकाल, पूर्णिमा लामा, संजोग राणा, दिलकृष्ण श्रेष्ठलगायतका कलाकारको अभिनय देख्न सकिनेछ । जय लक्ष्मी फिल्मस्को ब्यानरमा बनेको फिल्म राजनीति बिकृति, बेरोजगारी, चेलीबेटी बेचबिखच तथा सडक बालबालिकाको बिषयमा आधारित छ । रेलिमाई फिल्मबाट फिल्मी क्षेत्रमा डेब्यु गरेकि नायिका पुर्णिमाले निमार्ण गरेको यो पहिलो फिल्म हो ।

सबैले सुन्दर र सफल नायिकाको रुपमा पुर्णिमालाई प्रशंसा गरिरहदा उनि आफु भने साधारण नायिका भएको बताएकि छिन् । चलचित्र र म्युजिक भिडियोमा समेत काम गरेकि पुर्णिमाले धैर्यता, मेहनत, कला प्रतिको लगाव भए मात्र सफल भईने अनुभव सँगालेकि छिन् । साथै उनले चरित्रलाई न्याँय दिन सक्ने र दर्शकको मन मुटुमा बस्न सक्नेलाई मात्रै सफल नायिका भन्न रुचाईउछिन् । नेप्टे फिल्लमा समेत अभिनय गरिसकेकि पुर्णिमाले निर्मात्रीका रुपमा समेत आफू सफल हुने बिश्वास लिएकि छिन् ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्