नागरिकलाई छुने गरी बजेट ल्याउँ



२१ बैशाख । आगामी जेठ १ गते आफनो नीति तथा कार्यक्रम प्रस्तुत गर्ने गरी सरकारले बजेट अधिवेशन लागि संसद बैठक बैशाख २३ गते बोलाउने निर्णय गरेको छ । केही बर्ष यतादेखि सरकारले जेठ १५ मा नयाँ बजेट ल्याउने परम्पराको थालनी गरेको छ । नयाँ संविधान अनुरुप संघीय संरचना अन्र्तगत तीन तहको निर्वाचन सम्पन्न पछिको नीति तथा कार्यक्रम र वजेट बारेको चासो अहिले सर्वत्र छ । किनकि राजनतिक अधिकारको संघर्ष र संविधान निर्माण अवधिको संक्रमणकालको समाप्तिपछि अब आर्थिक समृद्धि र बिकासको युग शुरु भएको कुरा नेताहरुले भन्दै आइरहेकाछन र त्यसको व्यवहारिक रुपरेखा र कार्यान्वयनको चरण रुपमा जनताले यो बजेट तथा नीति कार्यक्रमलाई हेर्न चाहेको छ ।

 

हामीले समृद्धि,विकास र उन्नतीको कुरा र नारा त खुबै लगाइसकेका छौं । अब गर्ने समय आएको छ । नयाँ संविधान सहित देश नयाँ युगमा प्रवेश गरेको हो भने अब शासन गर्ने र प्रशासन चलाउनेहरु दुबैका परम्परागत सोंच,चिन्तन, कार्यपद्धति र कार्यप्रणालीमा परिवर्तन आउन जरुरी हुन्छ । सोहि अनुरुप समृद्धिको कुरा र नारा अब बजेट कार्यक्रम मार्फत झल्किनु पर्छ र मात्र जनताले बोले अनुरुप अब केही हुन थालेछ भन्ने कुराको अनुभूत गर्न पाउने छन । फेरि विकास र समृद्धिको पहिलो जग हाल्ने बजेट र नीति कार्यक्रम भएकाले अबको संसद अधिवेशनलाई सामान्य जनताले समेत चासो र आशापूर्ण ढंगबाट प्रतिक्षा गरिरहेकाछन् ।

 

अहिलेको वाम गठबन्धन वा कम्युनिष्ट सरकारको अग्नि परिक्षाको शुरुवाद पनि यहि बजेट र नीति तथा कार्यक्रमबाट शुरु हुँदैछ । चुनाबका वेला बोलेका कुरा र घोषणा पत्रमा उल्लेख गरेका कुराहरु अब नीति तथा कार्यक्रम र बजेटमा प्रस्तुत गरेर कार्यान्वयनमा ल्याउनुपर्ने वेला आएको छ । अबको आर्थिक समृद्धिमुखी बजेट तथा कार्यक्रम उहि परम्परागत र पुरानै ढर्राको वितरणमुखी भयो भने हाम्रो नयाँ युगको सपना निरर्थक बन्न जान्छ । केन्द्र, प्रदेश र स्थानीय तहबाट सरकारले बजेट त पुरा,पुर छुट्याउने तर खर्च गर्ने विधि, प्रणाली र तरिका उहि पुरानो अनुरुप भयो भने त्यो बजेटको पनि कुनै तुक देखिने छैन । यहाँ त आर्थिक समृद्धिको प्रष्ट प्रारुप खाका सरकारले आफनो नीति तथा कार्यक्रममा दिन सक्नुपर्छ र बजेट विनियोजन मात्र गरेर हुँदैन कार्यप्रणालीमा समेत सुधार गरेर सरकार अघि बढ्न सक्नुपर्छ । अब सरकारका तीनै तहले समृद्धिको आधार तय गर्ने गरी बजेट विनियोजन गर्न आवश्यक छ ।

 

त्यसका लागि कृषिको आधुनिकी र व्यवसायीकरणलाई पहिलो प्राथमिकतामा राखि अघि बढ्नुपर्छ,जसले आत्मनिर्भरमुखी अर्थतन्त्रको विकासलाई टिवा पु¥याउँछ । त्यस्तै पर्यटन,जलविद्युत सहित रोजगार र उत्पादनमुखी क्षेत्रमा बजेट लगानीलाई सबै प्रदेशहरुले ध्यान दिएर बढाउन जरुरी छ । विकासका लागि पूर्वपश्चिम रेलमार्ग र मध्यपहाडि लोकमार्गका साथै अन्य राष्टिूय महत्वका कामलाई अघि बढाउने योजनासँगै विदेशीएका दक्ष्य युवा जनशतिmलाई स्वदेशमै बस्ने वातावरण बनाएर परिचालन गर्न सके देशले छिट्टै उन्नती र समृद्धिको दिशा पक्डनेमा कुनै विमति देखिदैन् ।

वितरकमुखी भन्दा उत्पादनसिल क्षेत्रमा बजेट लगानी गर्ने कुराले मात्र हामीले अर्थतन्त्रलाई माथि उकास्न सक्ने छौं । तर्सथ सरकारले उत्पादन र रोजगारी बढाउने गरीको आर्थिक समृद्धिको पहिलो बर्षको कार्ययोजना जनतालाई आशा र उत्साह जगाउने गरी सुस्पष्ट ढंगले नीति तथा कार्यक्रम ल्याओस् सबै नेपालीको यहि सुभेच्छा छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्