जथाभावी पोस्टर टाँस्नेहरुलाई कारवाही ।।



सैघाली खबर/काठमाण्डौँ, २२ बैशाख।
काठमाण्डौं महानगरपालिकाभित्र जथाभावी पोस्टर टाँस्नेहरुलाई कारवाही हुने भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणलाई लक्षित गरेर यो अभियान थालिएको हो । भारतीय प्रधानमन्त्री नेपाल आउँदा सडकदेखि सबै पूर्वाधार टिलिक्क टल्काउने महानगरको पुरानै अभ्यास हो ।

काठमाण्डौं महानगरपालिकाले नगर प्रहरी परिचालन गरेर पोष्टर टाँस्नेमाथि निगरानी बढाउने भएको छ । अहिले बढीजसो रातको समयमा आफ्ना पोष्टर पम्प्लेट, ब्यानर टाँस्ने र भित्तेलेखन गर्ने प्रचलन छ । अब महानगरपालिकाले शहरी सौन्दर्यमा असर पर्ने गरी विभिन्न प्रचार सामग्री टाँस्न र भित्तेलेखन गर्न नदिने प्रवक्ता ज्ञानेन्द्र कार्कीले बताएका छन् ।

यदि टाँस्दै गरेको भेटिए तत्कालै नियन्त्रणमा लिएर कारवाही अघि बढाउने महानगरको तयारी छ । अहिले शहरभरि बिजुलीका पोल, पर्खाल, भित्ता, बार, बसपार्क, बस स्टप लगायतका सार्वजनिक स्थलभरि पोष्ट र पम्पेटको बिगबिगी छ । यसलाई नियन्त्रण गर्न महानगरपालिकाले विशेष अभियान नै चलाउन लागेको हो । महानगरलाई सभ्य र सुसंस्कृत बनाउने योजना अनुसार यस्तो कामको थालनी गर्न लागिएको कार्कीले बताए ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्