गाडी दुर्घटनामा परे घाइतेको उपचार खर्च व्यहोर्दैनौ : कर्माचार्य ।।



सैघाली खबर/काठमाण्डौँ, २४ बैशाख।
गाडी दुर्घटनामा परेर घाइते भएकाहरुको उपचार खर्च यातायात व्यवसायीले नव्यहोर्ने बताएका छन् । सिन्डिकेट अन्त्य गर्ने सरकारसँग सहमति गरे पनि यातायात व्यवसायीहरुले गाडी दुर्घटनामा परे घाइतेको उपचार खर्च आफूहरुले नव्यहोर्ने बताएका हुन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्यले यातायात समितिहरुको बैैंक खाता रोक्का भएकाले गाडी दुर्घटना भए यात्रुहरुको उपचार गर्न नसकिने बताएका छन् ।

सोमबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले आफूहरुको काउन्टर बसपार्कबाट हटाउने काम गरिएको भन्दै सडकबाट सेवा सुचारु गर्ने चेतावनी पनि दिएका छन् । अध्यक्ष कर्माचार्यले विकल्पबिना नै सरकारले लिएको निर्णयबाट सर्वसाधारणले सास्ती व्यहोर्नुपर्ने अवस्था आएको दावी गरेका छन् ।

उनले आफूहरुको २ लाख गाडी र त्यसमा आवद्ध मजदुरहरुको व्यवस्थापन तत्काल गर्न पनि सरकारसँग माग गरेका छन् । महासंघले बसपार्कबाट समितिहरुको टिकट काउन्टर हटाउने निर्णयबाट पर्न गएको असुविधाको जिम्मेवारी सरकार आफैले लिनुपर्ने पनि स्पष्ट पारेको छ । पत्रकार सम्मेलनमा बोल्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले सरकारले यातायात क्षेत्रको सुधारका लागि आवश्यक कदम तत्काल चाल्ने प्रतिवद्धता जनाएका छन् ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्