कोरियाको यस्तो यौनपार्क



विश्वमा जति नै आधुनिकता आएपनि यौनका कुुराहरु सजिलै खुल्ने अवस्था अझै पनि कतिपय देशहरुमा छैन । यौनका कुरा यदि खुलेर गरेको खण्डमा हाम्रो समाजमा लाज नभएको पात्तिएको जस्ता उपनामहरु दिईन्छ । तर विश्वमा यस्ता देशहरुमा छन् जहाँ यौनका कुरा परिवारबाट नै सामुहिकरुपमा छलफल हुनुपर्छ भन्ने मान्यता राखिन्छ ।सायद यही सोचको कारण होला दक्षिण कोरियामा एउटा यस्तो पार्क छ जहाँ जताततै यौनका भावहरु झल्कन्छन् । सन २००७ देखि सञ्चालनमा आएको उक्त पार्क मा यौनक्रिडामा मस्त भएका मुर्तीहरु नै रहेका छन् । जुन हत्त्तपत्त  देख्दा हरकोही जिब्रो नै टोक्ने खाल्का छन् ।

जहाँ यौन क्रिडा गरिरहेको , मुख मैथुन गरेको र पुरुषका लिंगहरु भएका थुप्रै मुर्तीहरु छन् । रोचक कुरा त के छ भने उक्त पार्क घुम्न आउने मध्ये ६० प्रतिशत युवती नै हुने गरेको समाचारमा जनाइएको छ । उक्त पार्क घुम्न अहिले देश विदेशबाट पर्यटक हरु पनि आउने गर्छन ।

दक्षिण कोरियामा एउटा लोककथा छ । त्यसअनुसार हुनेवाला बेहुलीलाई किनारमा छाडेर एउटा युवक माछा मार्न भनेर नदिमा जान्छ । त्यतिकैमा त्यहाँ हुरी चल्छ । हुरीले हुत्याएर युवतीलाई नदिमा खसाल्छ र उनको मृत्यु हुन्छ ।

कुमारी अवस्थामा रहेकी उनको मनमा अनेक उमंग र उत्साह हुन्छन्, जसले उनको मृत्युसँगै अमरत्व प्राप्त गर्छन यसैलाई दक्षिण कोरियामा कुमारी अवस्थाको खुसी भनिन्छ ।यही भाव झल्काउन पार्क निर्माण गरिएको हो । एजेन्सीको सहयोगमा

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्