३० बैशाख
नारायणगढ
चितवनको भाटभटेनी सुपर मार्केटमा बम विस्फोट भएको छ ।
नारायणगढस्थित सुपर मार्केटमा आइतबार विहानै बम विस्फोट भएको हो ।
सुपर मार्केट विवादित व्यवसायी मिनबहादुर गुरुङको हो ।
उनले म्याद सकिएका बस्तु बिक्री गरेको, सरकारलाई कर छली गरेको र महंगोमा सामान बेचेको भन्दै विरोध भइरहेको थियो ।
बम कसले र किन बिस्फोट गराएको हो भन्ने नखुलेपनि प्रहरीले अनुसन्धान गरिरहेको छ ।
विस्फोटबाट ठूलो क्षति नभएपनि भवनको पर्खाल र सीमा फुटेका छन् ।
त्यसैगरी चितवनकै खैरेनी नगरपालिकाको पर्सा बजार, राप्ती नगरपालिकामा रहेको चिप्लेस्थित वडा नम्वर १ को कार्यालयमा पनि बम विस्फोट भएका छन् ।
यी सबै विस्फोटको कसैले पनि जिम्मा लिएको छैन ।
नेकपाले गरेको नेपाल बन्दको दिनमा विस्फोट भएकोले बन्दकर्ताले विस्फोट गरेको हुन सक्ने आशंका गरिएको छ ।
![TopLine](https://thahaonline.com/wp-content/themes/saighali_khabar/img/thahaonline-logo.png)
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।