आलियाका थोत्रा लुगाको मूल्य कति ?



सैघाली खबर/काठमाण्डौँ, ३ जेठ।
बलिउड नायिका आलिया भट्टले आफ्ना पुराना लुगाहरु लिलामी गर्ने भएकि छिन् । लिलामीबाट आएको रकम च्यारिटीलाई दिने घोषणा पनि उनले गरेकि छिन् । यतिबेला आलियाको प्रमुख भूमिका रहेको फिल्म राजीले नसोचेको व्यापार गरिरहेको छ । सिधै भन्नु पर्दा को आजकाल आलियाको भुईंमा खुट्टा छैन ।

राजीको सफलताले आलियाको स्टारडम निकै बढाएको छ । यही मौकामा उनले कपडा लिलामीको घोषणा गरेकी हुन् । अलियाका अनुसार उनी कुनै पनि लुगा २–३ पटकभन्दा बढि लगाउँदिनन् । कुनै लुगा त एकचोटि पनि नलगाइकन पुराना हुन लागेका छन् । त्यसैले उनी यस्ता लुगाहरु बेच्ने सोचाईमा पुगेका हुन् ।

आलियाले दुई दिनसम्म आफ्ना लुगाहरु लिलामीमा राख्ने र बढि मूल्य कबोल गर्नेलाई बेच्ने बताएकी छिन् । हेरौं उनका थोत्रा लुगा कति मूल्यमा विक्ने हुन् । सेलिब्रिटीको थोत्रा चिजलाई पनि अमूल्य ठानेर मोल हाल्ने फ्यानहरुको भारतमा कमी पनि छैन ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्