बलिउडमा रणबीर र आलियाको चर्चा, प्रेम सम्बन्धमा रहेको खुलासा ।।



सैघाली खबर/काठमाण्डौँ, जेठ।
बलिउडमा अहिलेका हट कपल भनेर चिनिने जोडी हो रणबीर र आलिया भट्टको जोडी । आलिया अभिनित फिल्म ‘राजी’ स्क्रिनिङमा यी दुबै एक साथ एउटै गाडी चढेर उपस्थित हुनु र अभिनेत्री सोनम कपूरको विवाहमा एक–अर्काको हात थाम्दै उपस्थित हुनु जस्ता क्रियाकलापले अहिले यो जोडीको चर्चा हुन थालेको छ ।

केही वर्ष अघिमात्र फिल्म उद्योगमा आफ्नो करियरको सुरुवात गरेकी आलियाले विभिन्न अन्तरवार्ताको क्रममै आफू रणबीर कपूरको ठूलो फ्यान रहेको र आफू रणबीरको क्रस भएको बताउने गरेकी थिइन् । आलियाले कुनै न कुनै कार्यक्रम तथा अन्तरवार्तामा रणबीरको प्रशंशा गरिरहेकी हुन्थिन् । केही वर्षपछि यी सबै सबै कुरा उल्टो भइरहेको छ ।

हालै एक अन्तरवार्तामा रणबीरले आलिया आफ्नो क्रस भएको बताएका छन् । रणबीरले आलिया र आफूबीचको हल्लालाई साँचो बनाइदिएका छन् । यी दुवैले आफूहरुको प्रेम सम्बन्ध बारेमा सार्वजनिक रुपमा खुलेर नबताए पनि प्रेममा रहेको थुप्रै संकेत भने दिईसकेका छन् । आलिया र रणबीर निर्देशक अयान मुखर्जीद्वारा निर्दे्शित फिल्म ‘ब्रह्मास्त्र’मार्फत पहिलो पल्ट एकसाथ दर्शकमाझ आइरहेका छन् । करण जोहरले निर्माण गर्ने यस फिल्ममा अमिताभ बच्चनको पनि विशेष भूमिका रहनेछ ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्