सरकारविरुद्ध कडा आन्दोलन गर्ने चेतावनी किन दियो राजपाले ?



सैघाली खबर/काठमाण्डौँ, १० जेठ।
राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले संविधान संशोधन नगरे सरकारविरुद्ध कडा आन्दोलनमा जाने चेतावनी दिएको छ । सरकारलाई समर्थन दिएको राष्ट्रिय जनता पार्टी, नेपालका सांसद बृजेषचन्द्र लालले संविधान संशोधन नगरे सरकारविरुद्ध कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएको हो ।

राष्ट्रियसभाको बिहीबारको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले संविधान संशोधन गर्नुपर्ने आफूहरुको माग सम्बोधन नगरे मधेशका जनतालाई सैह्य नहुने पनि चेतावनी दिए । सांसद लालले मधेशमाथि विभेद हुनेगरी सरकारले नीति तथा कार्यक्रम ल्याएकाले आफूहरुले विरोध गर्नु परेको दावी समेत गरे ।

त्यसैगरी संघीय समाजवादी फोरम, नेपालकी सांसद प्रमिला कुमारीले पनि संविधान संशोधन गर्ने आफूहरुको अडान नीति तथा कार्यक्रममा समावेश गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराएकि छिन् । उनले तराई, मधेशको विकासका लागि विशेष आर्थिक कार्यक्रम ल्याउन पनि सरकारसँग माग गरिन् । सांसद कुमारीले सरकारको नीति तथा कार्यक्रमले संघीयतालाई आत्मसात गर्न नसकेको आरोप पनि लगाईन् ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्