म ठूलो तस्कर होईन सुन व्यस्थापकमात्र हुँ : ‘गोरे’



सैघाली खबर/काठमाण्डौँ, ११ जेठ।
तस्करीको ३३ किलो सुन र सनम हत्या मुद्दामा पुर्पक्षका लागि जेल चलान भएका केही अभियुक्तमाथि फेरि अनुसन्धान हुने भएको छ । मंगलबार पक्राउ परेका मुद्दाका मुख्यअभियुक्त बनाइएका चुडामणि उप्रेती ‘गोरे’ ले दिएको र कारागारमा रहेकाको बयान फरक भएपछि समितिले उनीहरूमध्ये केहीलाई थप अनुसन्धान गर्न लागेको बताईएको छ ।

‘गोरे फरार भएको बेला पक्राउ परेकाले ऊ नै ठूलो तस्कर हो भने,’ समिति स्रोतले भन्यो, ‘तर गोरेले आफू ठूलो तस्कर नभएर सुन व्यस्थापकमात्र भएको बयान दिएपछि फेरि अनुसन्धान गर्न लागेका हौं ।’ स्रोतका अनुसार कारागारमा रहेका भुजुङ गुरुङ र फरार एमके भन्ने मोहन अग्रवालका लागि गोरेले काम गर्दै आएका थिए ।

‘भुजुङले गोरे नै ठुलो व्यक्ति भन्दै समितिमा बयान दिएका थिए जुन अहिले फरक देखियो,’ स्रोतले भन्यो । कारागारमा रहेका अभियुक्त र गोरेको बयानमा बाझिएका कुरालाई प्रष्ट पार्न पुनः अनुसन्धान गरिने भएको हो । अनुसन्धानमा सलग्न एक अधिकारीले नयाँ कुरा खुल्न सक्ने देखेको बताएका छन् ।

यसअघि ‘गोर’लाई सार्वजानिक गर्ने दिन समिति संयोजक सहसचिव ईश्वरराज पौडेलले आवश्यक परे पुर्पक्षमा जेल चलान भएका अभियुक्तको फेरि बयान लिने बताएका थिए । संगठित अपराध ऐन २०६९ को दफा २२ मा पुर्पक्षमा जेल चलान भएका अभियुक्तमाथि फेरि अनुसन्धान गर्नसक्ने व्यवस्था छ ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्