माक्र्सवाद उत्पादन प्रणालीलाई वस्तुपरक ढंगले अध्ययन गर्ने विज्ञान होः गोपिरमण उपाध्याय



काठमाडौ १२ जेठ
माक्र्सवादी चिन्तक चिन्तक गोपीरमण उपाध्यायले उत्पादनको पद्धति वितरण र विषयवस्तुलाई वस्तुपरक ढङ्गले बुझ्न माक्र्सवादको अध्ययन आवश्यक भएको बताएका छन् । जनसांस्कृतिक महासङ्घको संयोजन र जनसाहित्यिक मञ्च नेपालको व्यवस्थापनमा ‘अविरल जनसाहित्य यात्रा’को ४७ औँ शृङ्खलामा शुक्रबार आयोजित एक कार्यक्रममा उनले यस्तो धारणा ब्यक्त गरेका हुन् ।
‘माक्र्सवादी दर्शन र समकालीन नेपाली संस्कृति’ विषयमा चर्चा गर्दै चिन्तक उपाध्यायले भने माक्र्सवादले मानव जीवनको सर्वोपरि आधार भनेको उत्पादन प्रक्रिया हो भन्ने मान्दछ ।

उनको भनाइ छ, माक्र्सवादले भौतिक र सांस्कृतिक उत्पादनमा जोड दिन्छ, सामाजिक अन्तरविरोध र प्रक्रिया बुझ्नुपर्नेमा जोड दिन्छ, मानिस, समाज, वर्ग, दर्शन, युग, युगचेतना, विचार, दृष्टिकोण, राजनीति, सभ्यता, संस्कृतिका बारेमा बुझ्न माक्र्सवादको गहन अध्ययन आवश्यक हुने बताउँदैे भन्नुभयो, “सांस्कृतिक रूपान्तरण जबरजस्ती र एकैपटक हुँदैन यसका लागि चेतनाविकास नै सर्वोपरि हुन्छ र क्रमिक रूपमा हुँदै जान्छ, अत्यधिक प्रयत्नहरू आवश्यक हुन्छन् ।”

केशव सुवेदीले माक्र्सवादले सबै रुढी र अन्धविश्वासलाई वस्तुपरक अध्ययन र विश्लेषण गरेर समाजको कल्याणमा प्रयोग गर्नुपर्दछ भन्ने मान्यता राखेको हुँदा नै वैज्ञानिक भनिएको हो र यसको अवलम्बन आवश्यक छ भने । जनसाहित्यिक मञ्चका अध्यक्ष राम विनयले असारको दोस्रो शुक्रबार बालसाहित्यका बारेमा बहस गरिने जानकारी दिए। मञ्चका उपाध्यक्ष रमेश पोखरेलले जनसाहित्य यात्रामा विविध कार्यक्रम गरिने बताए।
कार्यक्रमका संयोजक डा भागवत आचार्यले माक्र्सवादी सौन्दर्य शास्त्रका अध्येयता उपाध्यायले सम्पूर्ण जीवन अध्ययन अनुसन्धानमा लगाएको र सौन्दर्य शास्त्रका गहनतम कृति समेत प्रकाशन गरेको जानकारी दिए।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्