यसकारण चुनढुंगा खानीमा आक्रमण गरियो



चितवन/ नेपाल कम्युनिस्ट पार्टीले समानान्तर सत्ताको रुपमा गठन गरेको जनपरिषदले जिल्लास्थित चुनढुंगा खानीमा आगजनी गरेको छ ।

चितवनको कालिका नगरपालिका–११, शक्तिखोरमा रहेको रहेको खानीले संचालन गरेको स्टार लाइभ इन्डस्ट्रीज प्रा.लि.ले स्थानीयसँग गरेको सहमति कार्यान्वयन नगरेकोले चेतावनी स्वरुप जनकारवाही गरेको जिल्ला जनपरिषदले जनाएको छ ।

शुक्रबार राति खानीमा आगजनी गर्दा स्काभेटर सहित महत्वपूर्ण उपकरण चलेको बताइएको छ ।

जनपरिषद्ले घटनास्थलमा छोडेको पर्चामा कम्पनीले सहमती कार्यान्वयन नगरेको, खानेपानी आपूर्ति नगरेको, जनताको जग्गा कटान भइरहेकोले तटबन्द नगरेको, सडक निर्माण नगरेको, उपरदाङ गढीको संरक्षणमा पहल नगरेको, खानीभन्दा माथिको बस्ती स्थानान्तरण गर्न बेवास्ता गरेको कारण आगजनी गरिएको उल्लेख छ ।

यस्ता छन आगजनीका पाँच कारण

१ खानेपानी आपुर्तीको काम नगरेको ।

२ जनताको जग्गा कटान भइरहेकोले तटबन्द नगरेको ।

३ सडक निर्माण नगरेको ।

४ उपरदाङ गढीको संरक्षणमा पहल नगरेको ।

५ खानीभन्दा माथिको बस्ती स्थानान्तरण गर्न बेवास्ता गरेको ।

 

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्