सुन तस्करी प्रकरणः गोरेसहित भुजुङ र डा. डेबिट केन्द्रीय कारागारमा



सैघाली खबर, २८ जेठ।
३८ क्वीन्टल सुन तस्करी प्रकरणका मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’ सहित तीन जनालाई सोमबार काठमाडौं झिकाइएको छ । उप्रेतीसँगै राप्रपा प्रजातान्त्रिकका नेता भुजुङ गुरुङ र उनका सालो नाता पर्ने डा. डेबिटर भनिने छिरिङ वाङ्गेल घलेलाई काठमाडौं ल्याइएको हो ।

जिल्ला अदालत, मोरङले उनीहरुलाई काठमाडौं लैजान अनुमति दिएपछि बिराटनगरबाट सोमबार बिहान काठमाडौं ल्याइएको प्रहरीले जनाएको छ । तीनै जनालाई काठमाडौंमा ल्याएर सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान अघि बढाउने तयारी छ । ‘सम्पत्ति शुद्धिकरणको मुद्दामा अनुसन्धानका लागि हामीले काठमाडौं ल्याएका हौं’, सम्पत्ति शुद्धिकरण विभागका गजेन्द्र ठाकुरले भने ।

विभागले उनीहरुलाई काठमाडौं ल्याएको वेला छानबिन समितिले पनि थप अनुसन्धान गर्ने प्रहरी स्रोतको दाबी छ । १० जेठमा पक्राउ परेका गोरेले सुन तस्करी स्वीकार्नुका साथै श्याम खत्री र मोहनकुमार अग्रवाललाई पोलेका छन् । तर, अन्य लगानीकर्ताबारे बोलेका छैनन् । भुजुङ भने अनुसन्धानको प्रारम्भीक चरणमै पक्राउ परेका थिए ।

त्यस्तै, पक्राउ परेका प्रहरी अधिकारीहरुमाथि भने अख्यितार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्ने भएको छ । क्षेत्रीय कारागारमा रहेका एसएसपी श्याम खत्रीसहित अन्य प्रहरी अधिकारीलाई क्रमशः काठमाडौं ल्याउने तयारी रहेको अख्तियारका एक अधिकारीले बताए ।।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्