पुरी भइन् एसईई नेपाल टप



काठमाडौँ, १० असार । यस बर्षको एसईई परीक्षामा पर्वतको कुस्माबजार स्थित कालीगण्डकी एकेडेमीकी छात्रा अञ्जली पुरीले नेपाल टप गरेकी छन । छात्रा पुरीले सबै बिषयमा ए प्लस सहित ४।०० जिपीए अंक सहित एसईई उर्तीण गरेका कारण नेपाल टप गरेको बिद्यालयले दाबी गरेको छ ।

अहिले सम्म ४।०० जिपीए अंक ल्याउने बिद्यार्थी अञ्जली मात्र देखिएकी छन । ‘अञ्जलीले नेपाल टप गरेको हाम्रो दाबी छ’ बिद्यालयका प्रिन्सीपल बसन्तकुमार कर्माचार्यले भने । सानै देखि प्रतिभावान छात्रा अञ्जली छात्रबृत्तिमा अध्ययन गर्दै आएकी थिइन ।

उनका बुवा देबेन्द्र पुरी बहिरा छन भने आमा तुल्सी पुरी पनि बहिरा संघ बागलुङ्गमा कार्यरत छन । उनले एनसर नेपालको पूर्ण छात्रबृत्तिमा अध्ययन गर्दै आएकी थिइन । पर्वतकै मोदी गाउँपालिका वडा नं ६ गिज्यानका स्थायी बासिन्दा पुरी परिवार पछिल्लो समय कुस्मा नगरपालिका वडा नं ७ मा बस्दै आएका छन ।

कालीगण्डकी एकेडेमीबाट परीक्षा दिएका अन्य बिद्यार्थीमा एक जनाले ३।९५ जिपिए र ६ जनाले ३।९० जिपीए, ३।८५ ६ जना, ३।८० जिपीए ३ , ३।७५ २ जना, ३।७० ४ जना, ३।६५ २ जना, ३।६० ५ जना र ३।५ मा २ जना जिपीए सहित उत्तीर्ण भएका छन ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्