तुलसीपुरबाट ७ जना ‘ए’ प्लसमा उतिर्ण



दिपक बोहरा,
तुलसीपुर ११ असार ।
तुलसीपुरबाट एसर्इंईमा ७ जना ए प्लसमा उतिर्ण हुन सफल भएका छन् । तुलसीपुर उपमहानगर शिक्षा शाखाका अनुसार शनिबार प्रकाशित यस बर्षको एसईई परीक्षामा साता जना ए प्लसमा उतिर्ण सफल भएका हुन् । साथै ३० जना ए ग्रेडमा, एक सय २३ जना बि प्लसमा, दुई सय ७५ जना बि ग्रेडमा उतिर्ण हुन सफल भएका हुन् । त्यस्तै ५ सय १० जना सी प्लसमा, ३ सय ७३ जना सी ग्रेडमा र १ सय ५३ जना डी प्लसमा , ९ जना डिमा उतिर्ण हुन सफल भएका छन् । ए प्लस ल्याउनेमा माबि तुलसीपुर सेन्टरका दिनेश केसी ( ३.८८), महेन्द्र माबि तुलसीपुरका असीम आचार्य( ३.८), माबि रक्षाचौरकी स्वस्तिका न्यौपाने(३.७), सहिदस्मृतिका राजन रिजाल( ३.६५) सहिदस्मृतिकै जनक बुढा(३.६५), महेन्द्र माबि तुलसीपुरका निराजन केसी ( ३ं.६५), महेन्द्र माबिकै मंजीला जैसी ( ३ं.६५) रहेका छन् । नतिजा अनुसार तुलसीपुरका एक हजार तीन सय ६८ जनाले मथिल्लो कक्षामा अध्ययन गर्न पाउने छन् । अन्यले १८ महिने प्राबिधिक कक्षा पढ्न पाउछन् ।

झण्डै एक लाख विद्यार्थी ११ कक्षा पढ्न बञ्चित
यस बर्षको एसईई परीक्षाको नतिजाअनुसार झण्डै एकलाख विद्यार्थी कक्षा ११ पढ्न बञ्चित हुने भएका छन् । यस वर्ष एसईई परीक्षामा ४ लाख ५१ हजार बढी परीक्षार्थी सहभागी भएका थिए । यीमध्ये ०.८५ देखि १.६० जीपीए ल्याउने विद्यार्थीको संख्या ९४ हजार २ सय ७२ छ । यसबाट स्पष्ट हुन्छ १.६५ जीपीए अर्थात ‘सी’ ग्रेड पनि नल्याउनहरुले माथिल्लो कक्षा पढ्न पाउने छैनन् । उनीहरुले ग्रेड वृद्धिको मौका परीक्षा भने दिन पाउँछन् । साउन २३ गते तोकिएको मौका परीक्षामा ग्रेड वृद्धि गर्नेहरु मात्रै माथिल्लो कक्षामा भर्ना हुन पाउने छन् । अंग्रेजी, गणित, विज्ञान र कम्प्युटर विषय पढ्न चाहनेले न्यूनतम जीपीए २ अर्थात ‘सी’ ग्रेड ल्याउनै पर्छ । यसका साथै अंग्रेजी र गणितमा न्युनतम सी प्लस, अंग्रेजीमा न्युनतम सी, सामाजिक र नेपालीमा न्युनतम डी ग्रेड ल्याउनै पर्छ । योभन्दा कम ग्रेड ल्याउनेले यीबाहेक अरु जे विषय पनि पढ्न पाउँछन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्