प्रदेश १ खाद्यान्न उत्पादनमा अब्बल, धानको उत्पादन भने घट्दै



प्रदेश १ अन्न उत्पादनमा सबैभन्दा अब्बल प्रदेशका रुपमा देखिएको छ । नेपालको प्रमुख खाद्यान्नबाली रुपमा लिइने धान प्रदेश १ अन्तर्गत पर्ने झापा, मोरङ र सुनसरी अन्न उत्पादनका भण्डार मानिन्छन् । जसमा सबैभन्दा धान उत्पादन बढी रहेका छ । यी जिल्लामा मात्र वार्षिक सरदर १२ लाख बढी मेटि्रक टन धान उत्पादन हुन्छ ।

प्रदेश १ मा मात्र वार्षिक १४ लाख १५ हजार ८ सय मेटि्रक टन धानको उत्पादन रहेको छ । मुलुक भर ४२ लाख ९९ हजार मेटि्रक टन धान उत्पादन हुने गरेको छ । कूल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान ३३ प्रतिशतमध्ये धानको मात्र २० प्रतिशत रहेको सरकारी तथ्याङमा उल्लेख छ ।

कृषिमा आधुनिकीकरण गर्दै उत्पादन बढाउने खण्डमा यी जिल्लाले सिंगो प्रदेशलाई नै खाद्यान्नमा आत्मनिर्भर बनाउन सक्ने क्षेत्रीय कृषि निर्देशनालय विराटनगर वरिष्ठ कृषि प्रसार अधिकृत राजेन्ऽ उप्रेती बताउँछन् । कृषि प्रसार अधिकृत उप्रतीका अनुसार धान उत्पादनका अवला प्रदेशमा मकै, गहुँ, अमलिसो, अदुवा, अलैंची, चिया, आलुलगायत पनि उत्पादन उतिके मात्रमा योगदान रहेको छ ।

वरिष्ठ कृषि अधिकृत उप्रेतीले कृषिको आधुनिकीकरण गरेको खण्डमा तीन जिल्लाले मात्रै यो प्रदेशलाई खाद्यान्नमा आत्मनिर्भर बनाउन सक्नेछ । यस वर्ष मात्रै १ नम्बर प्रदेशमा १४ लाख १५ हजार ८ सय मेटि्रक धान फलेको छ । प्रदेश १ ले कुल धानको उत्पादन मध्ये आफ्नो प्रदेशमा खपत गरेर वार्षिक तीन हजार मेटि्रक टन धान अन्यत्र निर्यात हुँदै आएको छ ।

साढे २ दशकअघिसम्म यो क्षेत्रबाट धान, गहुँ, तोरीलगायतका कृषिजन्य उत्पादन निर्यात हुन्थ्यो । राष्ट्र बैंकले तयार पारेको प्रदेशगत रूपमा दिगो एवं समावेशी विकासको रणनीति दस्तावेजमा उल्लेख भए अनुसार कृषि उत्पादनमा सबैभन्दा बलियो प्रदेश १ देखिएको छ । समग्र कृषि क्षेत्रमा प्रदेश १ को अंश २१.५ प्रतशित रहेको छ र जीडीपीमा प्रदेश १ को १७.५ प्रतिशत योगदान छ । जसमा पहिलो प्रदेश ३ पर्दछ । प्रदेश ३ ले कुल गार्हस्थ उत्पादन (जीडीपी)मा प्रदेश ३ ले ३१.९ प्रतिशत हिस्सा ओगटेको छ ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार प्रदेश १ अन्तर्गत पर्ने १४ जिल्ला मध्ये ८ लाख ९४ हजार ७ सय ६५ हेक्टरमा मात्र खेती हुँदै आएको छ । प्रदेश १ मा कुल खेती योग्य जमिनको क्षेत्रफल भने ९ लाख २७ हजार ४ सय १९ हेक्टर छ । भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्रालय कृषि विकास महाशाखाका प्रमुख उपसचिव मनोज यादवका अनुसार खेत ४ लाख ९२ हजार ६ सय ९३ हेक्टर रहेको छ भने पाखो जमिनको क्षेत्रफल ४ लाख २ हजार १ सय १२ हेक्टर रहेको छ ।

जसमा सिचित क्षेत्रफलको अबस्था भने ३ लाख १७ हजार ८ सय २२ हेक्टर मात्र रहेको छ । बाह्रौ महिना सिँचाइ सुविधा भएको जमिनको क्षेत्रफल भने १ लाख ७७ हजार १ सय २५ हेक्टरमा सिमित छ । उपसचिव यादवले भने, ‘प्रदेश सरकारले कृषिजन्य वस्तुको आयातलाई प्रतिस्थापन गर्न मुख्य लक्ष्य राखेको छ,माटोको उर्बरतालाई सही रूपमा प्रयोग गरेर निश्चय नै १ नम्बर प्रदेश अन्नको भण्डारका रूपमा स्थापित गर्ने तर्फ सरकारको ध्यान केन्दि्रत हुनेछ ।’ उनले भने ।

उपसचिव यादले त्यसका लागि कृषि क्षेत्रलाई प्रोत्साहित गर्ने उचित नीति नियम निर्माण सरकारले ल्याईसकेको दाबी गरे । प्रदेश सरकारले आफनो नीति तथा कार्यक्रममा भू-उपयोग नीति, कृषिलाई पहिलो प्राथमिकता दिन कृषि उपजको लागत मूल्य घटाउदैं उत्पादन र उत्पादकत्व वृद्धि गरेमा सवारी साधन, पूँजीगत अनुदान, प्रविधि सुधार, कृषिको यान्त्रिकीकरण, मल, बीउ आदिमा अनुदान दिने नीति अवलम्बन गरिएको छ ।

जमिनको चक्लाबन्दी वा करार खेतीको माध्यमबाट खेती गर्न प्रोत्साहन गर्दै एक समूह वा एक सहकारी एक उत्पादन को नीति लिइ स्थानीयस्तरमा उपलब्ध हुने उत्पादनशील अवसरलाई उपयोग गरी उत्पादन गरौं प्रदेश समृद्ध बनाऔं भन्ने नीति सरकारको निति कार्यक्रममा उल्लेख गरिएको छ । प्रदेशलाई खाद्यान्न, फलफूल, तरकारी, दूूध, अण्डा र मासु आदिमा आत्मनिर्भर बनाउने नीति लिएको छ ।

धानको उत्पादन घट्दो

अन्न भण्डारका रुपमा परिचित प्रदेश १ पछिल्ला समयमा भने धानको उत्पादन घट्दो क्रममा छ । प्रदेश १ मा उत्पादन भएको धानले यस प्रदेशलाई बचाएर अन्य प्रदेशमा पनि निर्यात गर्दै आएको थियो । धान खेती हुँदै आएको जमिन मासिदै जाँदा त्यस क्षेत्रमा लगाइँदै आएको धानको खेतीपनि घट्दै गएको हो ।

विशेष गरी बसोवास क्षेत्रका लागि प्लटिङ गरेर खेतीयोग्य जमिन खण्डिकरण भइरहेको छ । त्यसका अबला धान खेती मासेर तरकारी खेती, माछा पोखरी निर्माण गर्ने काम भएको छ । क्षेत्रीय कृषि निर्देशनालय विराटनगर कार्यलयको तथ्याङ अनुसार प्रदेश १ मा धान खेती मासिने क्रम सगै उत्पादनपनि घटदै गएको देखिन्छ ।

कार्यलयका अनुसार प्रत्येक वर्ष धान खेती मासिदै गएपछि प्रदेश १ अन्तर्गत रहेका १४ जिल्लामा गएको १५ वर्षयता धानको उत्पादनमा कमी आएर १४ लाख १५ हजार ८ सय मेटि्रक टनमा समिति भएको छ । कार्यालयका अनुसार धान खेतीमा अब्वल मानिएको प्रदेश १ मा यो अवधिमा ५४ हजार हेक्टर धान खेतीको क्षेत्रफल गुमेको छ ।

सन् २००३ मा प्रदेश १ अन्तर्गतका १४ जिल्लामा ३ लाख ६६ हजार हेक्टरमा धान खेती हुँदै आएको थियो । धानको वार्षिक उत्पादन पनि १६ लाख ४७ हजार मेटि्रटन रहेको थियो । तर, १५ वर्षको अन्तरमा हाल धानको वार्षिक उत्पादन १४ लाख १५ हजार ८ सय मेटि्रक टन उत्पादन रहेको छ ।

धान खेती हुने जग्गापनि खुम्चिएर ३ लाख १२ हजार हेक्टरमा सिमिति बनेको छ । तत्कालको पूर्वाअञ्चल कायम रहेको १६ जिल्ला मध्ये हाल यो तथ्याङ प्रदेश १ मा रहेका १४ जिल्लाको मात्र हो । क्षेत्रीय कृषि निर्देशनालयको अनुसार धान खेतीको प्रमुख पकेट क्षेत्र सुनसरी,मोरङ र झापा सवै भन्दा बढी धान खेती मासिएको छ । जसमा सुनसरी जिल्लामा सबै भन्दा बढी २७ प्रतिशत धान खेती मारिएको छ ।

१५ वर्षअघि सुनसरीमा ६१ हजार हेक्टरमा धान खेती हुँर्दै आएकोमा हाल सो दर घटेर ४५ हेक्टरमा सिमिति भएको छ । मोरङ जिल्लामा ९८ हजार हेक्टरमा हुदै आएको धान खेती अहिले ८२ हजार हेक्टरमा सिमिति भएको छ । त्यसैगरी झापामा ९२ हेक्टरमा हुँदै आएको धान खेती घटेर ८३ हेक्टरमा सिमिति भएको छ । अन्य जिल्लाहरुमा पनि धान खेती हुने जग्गा मासिएको तथ्याङले देखाएको छ । प्रदेश १ का १४ वटै जिल्लामा धान खेती हुने गरेको छ ।onlinekhabar

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्