सैघाली खबर, २९ असार ।
‘मलाई नचायो–नचायो आफ्नै बैशले’ बोलको तीज गितको भिडियो बजारमा आएको छ । दिनेश आशु र सरिता कार्कीको स्वरमा रहेको यो तीज गितको भिडियोलाई म्युजिक नेपालले आफ्नो युट्युव च्यानल मार्फत सार्वजनिक गरेको छ ।
गितमा लय÷शव्द दिनेश आशुको रहेको छ भने संगित राम कार्कीले दिएका छन् । भिडियोमा काजीस श्रेष्ठ र सारिका कार्कीले अभिनय गरेका छन् । छमछम नाच्न मिल्नेगरि तयार पारिएको यो भिडियोमा प्रेमि–प्रेमिका बिचको मायाँ प्रेम र सुन्दरलाई गितको शव्द मार्फत व्यक्त गरिएको छ ।
शिवन पोख्रेलले निर्देशन गरेको भिडियोको सम्पादन अधिनायकमान शेरचनले गरेका हुन् । दिनेश जिरेल ‘टेलोवा’ले छायांकन गरेको भिडियोको दृश्य निर्माण साहारा फिल्मस् एण्ड ईन्टरटेनमेन्टले गरेको हो ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।