एकसाथ चार चलचित्र रिलिज, आफ्नो फिल्म हेरेर आफै दंग सलोन (भिडियो)



सैघाली खबर, ३० असार ।

असार २९ गते शुक्रबार बाट ४ नेपाली चलचित्र रिलिज भएका छन्। फरक स्वादका ४ चलचित्र रिलिज हुदै गर्दा दर्शकको साथ कुन चलचित्रले पाउने हो त्यो भने हेर्न बाँकि छ। मिलन चाम्सको निर्देशनमा तयार भएको चलचित्र ‘बोबी’ आजबाट प्रदर्शनमा आएको छ। रियल जोडी उमेश थापा र कविता गुरुङ्गको रियल लभस्टोरीलाई चाम्सले पर्दामा उतारेका छन्।

चलचित्र ‘विरांगना’ सस्शत्र प्रहरीको कथामा निर्माण भएको चलचित्र हो। आन्तरिक किचलो, कलाकार र निर्माण टिमको कुरा नमिल्दा चलचित्रको प्रचारप्रसार उति सोचेजस्तो बनेको छैन। मुख्य दुई कलाकार अनुपविक्रम शाही र शिल्पा पोख्रेलले चलचित्रको स्क्रिप्ट अनुसारको पूर्ण छायाँकन नगरेको बताउदै आएका छन्।

शुक्रबार ‘यो पागल मन’ चलचित्र पनि रिलिज भएको छ। तीन बर्ष अगाडी निर्माण भएको चलचित्रको प्रचार शुन्य बराबर नै रहेको छ। चलचित्रमा ऋचा शिंह ठकुरी र विनोद न्यौपाने मुख्य भूमिकामा रहेका छन्। कल्याण अधिकारीको निर्देशन रहेको चलचित्रलाई बिरेन्द्र कुमार यादब र कल्याणले मिलेर निर्माण गरेका छन् । चलचित्रमा  गौरी मल्ल, राजेश ढुंगाना, मनिष भण्डारीलगायतका कलाकारहरुको पनि अभिनय छ ।

चलचित्रमा सहायक भूमिकामा निकै रुचाईएको नाम हो, सलोन बस्नेत। बाल कलाकार हुदै सिने नगरीमा भित्रिएका सलोन लिड हिरोको रुपमा स्थापित हुन सकेका छैनन्। उनले लिड रोलमा केहि चलचित्रमा काम गरे पनि सो अनुसारको सफलता हात पार्ने उनले सकेका छैनन्। आजबाट उनि अभिनित नयाँ चलचित्र ‘बाबु कान्छा’ रिलिज भएको छ। चलचित्रमा उनको साथमा करिश्मा श्रेष्ठ लिड रोलमा रहेकी छिन्। करिश्मा सलोनकी रियल लाइफ प्रेमिका हुन्. उनि चलचित्र नगरीमा खासै जम्न सकेकी छैनन्। यसकारण पनि चलचित्र सफल भएमा दुवैलाई निकै ठुलो फाइदा पुग्नेछ. चलचित्रलाई शोभित बस्नेतले निर्देशन गरेका छन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्