चलचित्र ‘कथा काठमाण्डु’को नयाँ रोमान्टिक गीत सार्वजनिक भएको छ । इन्दिरा जोशीको आवाजमा रहेको ‘रातको कुरा’ बोलको गीतमा चलचित्रका मुख्य कलाकार प्रियंका कार्की र प्रमोद अग्रहरीको जोडीलाई देख्न सकिन्छ । सार्वजनिक गीतमा नायक प्रदीप बाँस्तोलाको शब्द तथा सङ्गीत रहेको छ । आइतबार राजधानीमा आयोजित एक कार्यक्रम बिच चलचित्रको पहिलो गीत सार्वजनिक गरिएको थियो ।

सार्वजनिक भएको गीतमा प्रमोद र प्रियंकालाई निकै हट देखिएको छ । भिडियोलाई चलचित्रकी निर्देशक संगीता श्रेष्ठले कोरियोग्राफी गरेकी हुन् । चलचित्रमा उनको लेखन समेत रहेको छ । कथा काठमाडौँलाई विजय राईले निर्माण गरेका हुन् । चलचित्रमा लुजा सिंहको छायाङ्कन रहेको छ । तीन फरक कथालाई समेटिएर बनाइएको चलचित्र कथा काठमाण्डुमा प्रियंका र प्रमोदको साथमा आयुष्मान देशराज जोशी, संजोग कोइराला, सन्ध्या केसी, प्रेक्षा अधिकारीको मुख्य भूमिका रहेको छ । निर्माण पक्षको अनुसार चलचित्र असोज १२ गतेबाट प्रदर्शनमा आउने छ ।