आँखामा आँखा जुधाउँदै अभिषेक र स्वस्तिमा (भिडियो)



सैघाली खबर, ८ साउन ।

चलचित्र ‘नाई नभन्नु ल ५’को पहिलो गीत सार्वजनिक भएको छ । ‘तिम्रो आँखामा आँखा जुधाई’ बोलको गीतमा नायिका स्वस्तिमा खड्का र नव–नायक अभिषेक नेपालको अभिनय रहेको छ । मेलिना राईको स्वरमा रहेको गीतमा बसन्त सापकोटाको संगीत र दिनेश थपलियाको संगीत छ ।

सिन्धुली, ईलाम र अन्य रमणीय स्थानहरुमा छायांकन गरिएको गीतलाई कविराज गहतराजको कोरियोग्राफी छ । बिकासराज आचार्यको निर्देशनमा बनेको चलचित्रमा सामिप्यराज तिमिल्सिना र स्वयं निर्देशक आचार्यको कथालेखन छ । हरिबोल भण्डारी र गौरीराज जोशीको निर्माणमा बनेको चलचित्रका कार्यकारी निर्माताको रुपमा दिनेश पोखरेल, पुरुषोत्तम प्रधान र बिष्णुमणी दहाल छन् ।

कार्यकारी निर्मातामध्येका एक प्रधानको सिनेम्याटोग्राफी रहेको चलचित्रमा अर्जुन जिसीको सम्पादन छ । वान टाईम सिनेमाको ब्यानरमा बनेको चलचित्र आगामी भदौ ८ गतेदेखी देशब्यापी रुपमा प्रदर्शनमा आउँदै छ । चलचित्रमा स्वस्तिमा, अभिषेक र सेड्रिनाको साथमा दिलिप रायामाझी, निरुता सिंह, प्रियंका कार्की, अनुभव रेग्मी, केकी अधिकारी लगायतका स्टारहरुको अभिनय छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्