कुशुमलाई आमा बन्दा सजिलो लाग्यो रे, शारुक भन्छन् मलाई त गाह्रो भयो (भिडियो)



सैघाली खबर, १२ साउन ।
बाल मनोविज्ञानमा आधारित नेपाली कथानक चलचित्र ‘मेरी मामु’ को पहिलो गीत सार्वजनिक गरिएको छ । मलाई माफ गरिदेउ आमा बोलको गीतमा कल्याण सिंहले संगीत दिएका छन् भने स्वर रोहित जोन क्षेत्रीको रहेको छ । भिडियोमा निर्माता सन्तोष सेनका छोरा आयुव सेन, नायक शारुक ताम्रकार र कुसुम गुरुङलाई देख्न सकिन्छ ।

याम थापाको लेखन तथा निर्देशन रहेको फिल्म ‘मेरी मामु’ मा आयुव, शारुक र कुसुमसँगै प्रेम गीत २ की नायिका अश्लेषा ठकुरी, अभिनेत्री भुवन चन्द, कलाकारहरु दुर्गा मल्ल ठकुरी, कृजन गौतम र सानु ताम्रकारको अभिनय छ । फिल्म निर्माण कम्पनी आशुसेन फिल्मसले ‘मेरी मामु’ भदौ १५ गते आउने घोषणा गरेको छ । पुरुषोत्तम प्रधानको छायाँकन रहेको फिल्ममा अष्ट महर्जनको द्धन्द्ध निर्देशन छ ।

फिल्ममा कार्यकारी निर्माताको रुपमा रमेशजंग शाह छन् । आशुसेन फिल्मसले यो भन्दा अगाडि चंखे संखे पंखे, प्रेम गित, प्रेम गित २ जस्ता सुपर हिट चलचित्र निर्माण गरेको थियो । यसैक्रममा चलचित्र मेरी मामुका कलाकार शारुक ताम्राकार र कुशुम गुरुङसंग गरिएको कुराकानि हेर्नकोलागि तलको भिडियोमा किल्क गर्नुहोला ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्