फिचर

दाङका साढे ४२ हजार युवा विदेशमा

By थाहा अनलाइन

July 12, 2017

दाङ २८ असार । दाङका साढे ४२ हजार युवा रोजगरीको शिलशिलामा विदेशमा रहेका छन् । वैदेशिक रोजगारका लागि सुरक्षित आप्रवाशन (सामि) परियोजनाले बुधवार घोराहीमा पत्रकार सम्मेलन गरी यस्तो जानकारी दिएको हो । परियोजनाका संयोजक किरण पोख्रेलले दाङमा गएको ५ वर्षमा ४१ ह्जार ६ सय एक जना पुरुष र ९ सया ४३ महिला गरी जम्मा ४२ हजार पाँच सय ५३ जना वैदेशिक रोजगारमा गएको जानकारी दिनुभयो । यसैगरी २०६८ सालको जनगणना अनुसार पनि जिल्लावाट ४३ हजार एक सय साठी जना युवा विदेशमा रहेको तथ्याङक सार्वजनिक भएको थियो । वैदेशिक रोजगारमा जाने युवाहरु मेनपावर कम्पनी, स्थानीय दलालवाट ठगिनुका साथै विदेशमा गरिने काम, कम्पनी, भिसा, विमा जस्ता कुरा नबुझि पैसा बुझाउने वा वैदेशिक रोजगारमा जाँदा दृुःख पाए पछि नेपाल सरकारले गाउँगाउँमा यसबारे जानकारी दिन र चेतना जगाउन सो परियोजना सञ्चालन गरेको छ । वैदेशिक रोजगारीमा जान लागेकाहरुलाई आवश्यक जानकारी दिन दाङमा जिल्ला प्रशासन कार्यालय घोराही र ईलाका प्रशासन कार्यालय लमही तथा तुलसीपुरमा सूचना डेस्क स्थापना गरेको छ । यसैगरी गाउँगाउँमा सामाजिक परिचालक, शिक्षक, एलजिसिडिपिका सामाजिक परिचालक लगाएतका माध्यमवाट पनि विदेश जाँदा ध्यान दिनु पर्ने कुरा र पूर्व सर्तकताको बारेमा जानकारी दिइरहेको पोख्रेलले जानकारी दिनुभयो ।