कमल गाउलेको चाइनाको रेल( भिडीयो सहित)



दाङ १९ साउन।
कमल गाउँलको १८ औं गाइजात्रा चाइनाको रेल २०७५ सार्बजनिक भएको छ

उक्त एल्वममा सरकारले चीनबाट नेपाल ल्याउने भनेको रेललाई व्यंग्यात्मक ढंगले पस्तुत गरिएको छ । साथै एल्वममा नेपाली समाजको अहिलेको अवस्था, सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृति लगायतका विषयवस्तुलाई व्यंग्यात्मक ढंगले प्रस्तुत गरिएको छ ।

उनले सबै जसो महानगर तथा उप–महानगरमा रेलका कुरा उठिरहेको अवस्थामा अब गफ गरेर मात्र हुँदैन काम गरेर देखाउनुपर्ने सन्देश दिन यस्तो गाइजात्रा एल्वम निकालेको वताएका छन् ।

संघीय तथा प्रदेश सरकारले रेलको कुरालाई उच्च प्राथमिकतामा राखेका छन् । पूर्व–पश्चिम रेल निर्माणको प्रक्रिया अघि बढीसकेको छ । छिमेकी मुलुक चीन बाट रेल ल्याउन प्रधानमन्त्री केपी ओलीले चीनिया सरकारसँग महत्वपूर्ण सम्झौता समेत गरिसकेका छन् ।सभामुख कृष्णबहादुर महराले राष्ट्रिय ख्याति प्राप्त कलाकार कमल गाउँलेले ल्याएको चाइना रेलको उदघाटन गरेका थिए,।

 

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्