तिज गीतमा राम जी खाँड छमछमी नाचेपछि…………………



शंकर के सी,
सल्यान, २ साउन । सल्यानी चर्चीत लोक दोहोरी गायक भागीरथ चलाउनेको स्वरमा सजिएको जीत गीत यो वर्ष पनि सार्वजनीक भएको छ । पछिल्लो समय तीज गीतमा विकृति बढ्दै गइरहेको आरोप आइरहेको बेला गायक चलाउनेले भने हजुआमा, आमा, दिदि, बैनिहरुले दाजुभाइ आफन्तिहरु संग बसेर ढुक्क संग सुन्न र हेर्न सकिने खालको तीज गीत ‘झलमल झलमल’ ल्याएको जनाएका छन् ।

तिर्सना म्युजिक प्रालि मार्फत बजारमा आएको यस गितमा चलाउनेलाइ सुनिता अधिकारीले साथ दिएकी छिन् । चलाउने र अधिकारिको सुरिलो स्वरमा तयार गरिएको गीतमा चर्चीत गायक रामजि खाँड र अञ्जली अधिकारीको नृत्यले झन दर्शकको मन सजिलै संग तान्ने देखिन्छ । युट्युवमा पनि राम्रै भ्यू पाइरहेको तीज गीत ‘झलमल झलमल’ विगतका वर्षहरुमा झै यसपाली पनि दर्शक श्रोताहरुले मन पराइदिनेमा गायक चलाउने ढुक्क रहेका छन् । लय तथा शव्द निर्माणमा पनि पोख्त रहेका चलाउनेको यस गीतमा पनि आफ्नै शव्द र लय छ । भिडियोको निर्देशन प्रकाश भट्टले गरेका छन् ।

लोक गीतको क्षेत्रमा आफ्नो बेग्लै पहिचान बनाइसकेका चलाउनेले यो भन्दा पहिलेका तीजमा पनि नरिसाउन कान्छु, मलाई फुर्सद हुदैन तीज भरी, हिरो जस्तै वनेर बोलका चर्चीत गीतहरु गाइसकेका छन् ।

युट्युव लिंक

https://www.youtube.com/watch?v=ig4zr9QG1IY&feature=youtu.be

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्